arrow

भूकम्पले सम्झायो वैशाख १२ लाई, ‘गोरखा भूकम्प’ गएकै दिन नुवाकोटमा पराकम्पन

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
parakampan-new.jpg.jpeg
काठमाडौ । वर्ष २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको एक वर्ष पूरा भएको छ । भूकम्पको चपेटामा परी दिवंगत भएकाहरुको सम्झनामा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । 
यसपटक आइतबार परेको छ । वर्ष पूरा भएकै दिन बिहान २ बजेर १६ मिनेट जाँदा नुवाकोटको साल्मे र भाल्चे गाविस आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्किेलको पराकम्पन आएको छ । 
 
एक वर्षअघि यही दिन विनाशकारी भूकम्प जाँदा नौ हजार बढीको निधन भएको थियो भने । २३ हजार घाइते भएका थिए । घाइते केहीको अझै उपचार भइरहेको छ । एक सय ९९ जना अझै हराइरहेका छन् ।  यद्यपि, भूकम्प गएको एक वर्ष पूरा हुँदा पनि भूकम्प पीडितको विचल्ली टरेको छैन । भूकम्प पीडितको पुनःस्थापना हुन सकेको छैन । अधिकांश भूकम्प पीडितको त्रिपाल र टहरामै वास छ । 
 
भूकम्पपछी उठेको सहयोगको एक तिहाई सम्म पनि सरकारले खर्च गर्न नसक्दा पीडितहरुको सास्ती थपिंदै गएको छ । एकसरो त्रिपाल धुजा धुजा भइसकेकाले यो वर्खामा बस्ने वासको टुंगो नभएको पीडितहरुको गुनासो छ  । वर्तमान सरकारले पुनःनिर्माण प्राधिकरण गठन गरेपनि पुनःस्थापना र पुननिर्माणको काम गर्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ