सबैभन्दा धेरै रेन्ज भएका सिजीका एयर कुलरहरु बजारमा
प्रकाशित २०७६ चैत ६ बिहिबार
562
Shares
काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले गर्मी महिनालाई लक्षित गरी विभिन्न किसिमका गुणस्तरिय कुलरहरु नेपाली बजारमा ल्याएको बताएको छ। सिजीले यी कुलरहरु विभिन्न प्रकार र साईजहरुमा उपलब्ध गराएको छ।
जसमा डेजर्ट कुलर, पर्सनल कुलर, विन्डो कुलर र टावर कुलर रहेका छन्। हेर्दा निकै नै आकर्षक देखिने यी कुलरहरु कन्सिड कपर मोटर, आल्मुनियम ब्लेड, ठुलो पानीको ट्याकी, हनिकम्ब प्याड, पावरफुलमोटर, मल्टिडाइमेन्सनल एयरफ्लो, कास्टोर मोविलिटी, आईस च्याम्बर, डस्ट फिल्टर नेट, कार्वन फिल्टर, भिटामिन सि फिल्टर, इनर्जी सेभिङ र इको फ्रेन्डली रहेका कम्पनीको दावी छ।
यी कुलरहरु चलाउन रिमोट पनि उपलब्ध रहेको छ। सबै भन्दा धेरै रेन्ज भएको यी कुलरहरुको श्रेणीमा पर्ने बताइएको छ। सिजीका आउटलेट तथा अन्य इलेक्ट्रोनिक सपहरुमा यी कुलरहरु पाइने बताइएको छ। यी कुलरहरुमा १२ महिनाको वारेन्टी उपलब्ध गराएको कम्पनीले बताएको छ।