arrow

माइला लामाकाे गिरफ्तारीसंग जोडियो ठगिको जालो

रिहा गर्न माग, नभए आन्दोलन चर्काउने

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
maila-lama.jpg.jpeg
काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामाको गिरफ्तारीको विरोध गर्दै सो पार्टीले बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाल लगायत कार्यकर्ता पक्राउ परेका थिए । उनीहरुलाई हाल तीनकुने प्रहरी वृत्तमा राखिएको छ ।
 
छ मध्ये दुई जनालाई नियन्त्रणमै राखिएको छ । एक जापानी संस्थासँगको विवादको विषयमा मुद्दा परेपछि उनीहरुलाई  नियन्त्रणमा लिइएको बुझिएको छ । लोकतान्त्रिक मान्यता विपरीत सो गिरफ्तारी भएको जनाउँदै पार्टी उपत्यका ब्युरोका इञ्चार्ज विषमले रिहाइ नभए आन्दोलन गरिने चेतावनी दिएका छन् । पार्टीले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । उसले वैशाख १२ गते बेलुकी ६ बजे मशाल जुलश जिकाल्ने,  १३ गते उपत्यकामा विरोध प्रदर्शन गर्ने र १४ गते देखि दोस्रो चरणका संघर्षको कार्यक्रमहरु घोषणा गर्ने विज्ञप्ती मार्फत जनाएको छ । 
 
प्रहरी र ठगि गर्नेको मिलेमतो रहेको आरोप 
विभिन्न ठगी पेशामा सक्रिय इश्वरबहादुर क्षेत्री र प्रहरीको मिलेमतोमा नेकपमा माओवादी केन्द्रीय सदस्य माइला लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरञ्जीवी ढकाललाई पक्राउ गरेको आरोप लागेको छ । क्षेत्री रेयुकाई संस्थामा आर्थिक अनियमिताको आरोपमा कारबाहीमा परेर निष्काशन भएपछि आइटिआरआई संस्थामा आवद्ध भएर करोडौंको ठगी गर्दै आएका बताइएको छ ।  
 
जापान पठाइदिने प्रभोलनमा करोडौं रकम ठगेको, जापान पठाइदिन्छु, संस्थामा जागिर मिलाइदिन्छु भन्दै महिलाहरुलाई एकान्तमा बोलाई बलात्कार गरेको विषयमा पीडितहरुले माओवादीमा रिपोर्ट परेका थिए । सोही रिपोर्टका आधारमा माओवादीले अध्ययन गरिरहेको थियो ।  
आप्mनो अपराध माओवादीले सार्वजनिक गर्ने डरले इश्वरबहादुर क्षेत्रीले प्रहरीको उपल्लो तहमा भएको पहँुचको दुरुपयोग गर्दै काठमाडौं जिल्ला सेक्रेटरीसमेत रहेका लामालाई पक्राउ गर्न भूमिका खेलेको आरोप छ । श्रोतका अनुसार माइला लामालाई पक्राउ गराउन क्षेत्रीले मोटो रकम पनि खर्चेका छन् ।
 
क्षेत्रीले आइटीआइ संस्थाको नाममा गाई पालन गर्ने भन्दै दिपक कँडेल, उदय निरौला, देवराज घिमिरे उत्तम मानन्धर, मोहनलाल लिगल, पृथ्वी थापा देवी आचार्य, गोविन्द घिमिरेलगायतबाट करोडौं पैसा उठाएर ठगी गरेको रिपोर्ट माओवादी कार्यालयमा आएको एक जिल्ला सदस्यले बताए ।
 
यसैगरी, माओवादी केन्द्रीय सदस्य लामा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ढकालको रिहाइको दबाब दिन नेकपा माओवादी उपत्यका ब्युरोले संघर्षका कार्यक्रम घोषण गरेको छ । उपत्यका ब्यूरो इन्चार्ज विषमले विज्ञप्ति जारी गरी सो कार्यक्रम घोषणा गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ