arrow

सरकारकै प्रवक्ता भन्छन्, ‘पुनःनिर्माण र कालोबजारी नियन्त्रणमा घुँडा टेक्यो सरकारले’

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
sherdhan-rai-rafat-cub.jpg.jpeg
भक्तपुर  । सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले सरकारको आलोचना मूल दुई बिषयमा हुने गरेको बताएका छन् । भक्तपुरमा आइतबार कल्पना स्मृती कोषको स्थापना गर्दै मन्त्री राईले सरकारले पूनःनिर्माणको कामलाई गति दिन नसकेको र कालोबजारी नियन्त्रण गर्न असफल भएकाले सरकारको आलोचना हुने गरेको बताए । मन्त्रीराईले यस्तो बेलामा सरकारले घुँडा टेक्न नहुने समेत सुनाए । 
 
मन्त्री राईल भने, ‘नेपाल सरकारले वैशाख १२ बाटै पूनःनिर्माणको कामलाई तीब्रता दिने तथा बर्खा अघिनै भूकम्प पीडितको हातमै दुई लाख प्रदान गर्ने छ । कोही पनि खुल्ला आकाशको बास बस्ने अवस्था रहँदैन ।’ सरकारले सवै पीडितहरुको आवश्यकता पूरा गर्न नसके पनि सामूहिक वस्तीको विस्तार गर्दै पीडितहरुको घाउमा मलम लगाउने प्रयास गरिरहेको राईले बताए ।
 
वर्तमान सरकार परिवर्तनको विषय हल्ला मात्र भएको बताउँदै राइले भने, ‘कसैले कोठा भित्र बसेर सरकार परिवर्तनको तानामाना बुन्दैमा सरकार परिवर्तन हुँदैन ।’न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको पारिश्रमिकका बारे सरकारलाई बुझाएको प्रतिवेदन छिट्टै मन्त्रीपरिषद्मा लैजाने जानकारी दिँदै राईले अब कुनै पनि पत्रकार पारिश्रमिकबाट वञ्चित नहुने प्रष्ट पारे । 
 
कल्पना स्मृति कोषको संरक्षक उनका पीता प्रेम बहादुर थापाले भक्तपुरको सूर्यविनायक शाखाको राष्ट्रिय वाणिज्य बैंक कोषको खाता नं १३७०००००२३०६ मा दुई लाख ३३ हजार रकम जम्मा गरेको घोषणा गर्दै आफ्नो निजामती सेवाबाट सेवा निवृतभई प्राप्त भएको रकम मध्येबाटै कोषमा हस्तान्त्रण गरे । उनले स्मृति कोषलाई सहयोग गर्न इच्छुक व्यक्तिहरुले उक्त खातामा रकम जम्मा गरी सहयोग गर्न आग्रह समेत गरे । 
 
क्लवका सदस्य ३७ वर्षिय कल्पना थापाको गत बैशाख १२ को विनाशकारी भूकम्पमा भक्तपुर नगरपालिका वडा नं २ जेलास्थित आफनै घरमा निधन भएको थियो । मृतक थापा राजनीतिक गतिविधिका साथै प्रतिगमन विरोधि आन्दोलनमा सक्रिय भएर लागेका थिए । खेल गतिविधिमा समेत विभिन्न पदक प्राप्त गरकी थापा मध्यपश्चिमकै उत्कृष्ट नाट्य विधाबाट समेत परिचित थिइन । मृतक थापाका पति सरोज राज गोसाँई, ४ वर्षीय छोरा सौरभ र ८ वर्षीया छोरी कसमी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ