arrow

राष्ट्रपति बारपाकमा : भूकम्प स्मृति उद्यानको शिलान्यास

गोरखा पुनःनिर्माणको शुभारम्भ

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
Bidhya-Devi-Bhandari.jpg.jpeg
बारपाक, गोरखा । राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वर्ष वैशाख १२ को ‘गोरखा भूकम्प’ को केन्द्रविन्दु रहेको बारपाकमा भूकम्पस्मृति उद्यानको शिलान्यास भएको छ । राष्ट्रपतिले भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्माण गर्न लागेको स्तम्भको समेत शिलान्यास गरिन‍् । 
 
बारपाक वडा नं ४ र ५ को केही भाग समेटेर भूकम्पस्मृति उद्यान निर्माण हुन लागेको छ । यसअघि जिविसले बोटबिरुवा हुर्काएर उद्यान बनाएका ठाउँमा मृतकको सम्झना गर्दै भूकम्पस्मृति उद्यान बनाउने तयारी भएको हो ।  
 
यस्तै, राष्ट्रपति भण्डारीले भूकम्पपीडितको घरको शिलान्यास गर्दै गोरखा पुनःनिर्माणको शुभारम्भ समेत परिन् ।  बारपाक–४ का गोपाल विकको घर शिलान्यास गरेपछि राष्ट्रपति भण्डारीले अनुदान पाउने लाभग्राहीको नामावली ९सूची० सार्वजानिक गरिन् । राष्ट्रपति भण्डारी उद्यान बारपाक– ४ स्थित हिमालय उमाविको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी भइन् ।
 
राष्ट्रपति भण्डारी ४५ मिनेट बारपाक गाउँ बसेर लाप्राकतर्फ जानुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए । लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० ले सघाउने बताउँदै आएको छ । एनआरएनलाई लाप्राक पुनःनिर्माणको स्वीकृति दिने सम्झौताका लागि राष्ट्रपति सहित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कर्मचारी पनि लाप्राक पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ