arrow

२२ घण्टापछि उद्धार भएका सोनिसलाई सेनाले स्नातक तहसम्म पढाउने

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
sonish-&-sena.jpg.jpeg
काठमाडौं । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको समयमा घरको भग्नावशेष भित्रबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्दार गरेका भक्तपुर मुलढोका निवासी श्याम अवालका छोरा सोनिस अवाललाई नेपाली सेनाले शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ । 
प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले आइतबार एक समारोहकाबीच सोनिसलाई शैक्षिक वृत्ति उपलब्ध गराउने सम्बन्धमा प्रतिवद्धता जनाएका हुन् ।  
 
नेपाली सेनाको उद्दारले पुनःजीवन पाएका सोनिसलाई नेपाली सेनाले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासिय महाविद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ । त्यस्तै, कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराई सो अवधिभर उनलाई निश्चित रकम, पाठ्यपुस्तक तथा निर्वाह खर्च समेत नेपाली सेनाले नै उपलब्ध गराउने भएको छ । 
 
अभिभावकले छनोट गरेको विद्यालयमा कक्षा ५ सम्म शिक्षा आर्जनपछि वीरेन्द्र आवासीय महाविद्यालय भक्तपुरमा स्नातक तहसम्म अध्ययनको व्यवस्था मिलाइने सेनाले जनाएको छ । सेनाले भूकम्प गएको २२ घन्टापछि सकुशल उद्धार गरेको नाबालक अवालको तस्वीरले विश्वभर चर्चा पाएको थियो । 
 
भूकम्पको समयमा घरभित्रको भग्नावशेषभित्र लामो समयसम्म रहंदा समेत चमत्कारिक रुपमा जीवित रही नेपाली सेनाको अथक प्रयासबाट उद्दार गरिएका सोनिस अवाललाई यस किसिमको शैक्षिक वृत्ति प्रदान गर्न पाउँदा नेपाली सेनाले गौरव गरेको छ ।
 
यस्तै, भूकम्पबाट घर भत्किएर बिचल्लीमा परेको अवाल परिवारको जग्गाको लालपुर्जा नभएका कारण सरकारबाट प्रदान गरिने अनुदान हालसम्म प्राप्त गर्न नसकिएको उनकी आमा रस्मिलाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुनासो राखेकी थिइन् । रस्मिलालाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले प्रमाणको कुरा होइन, मान्छेको कुरा हो, घर भत्किएको कुरा हो, तपाईंले सहयोग पाउनुहुन्छ–भनेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ