arrow

सुन सहित युवक पक्राउ

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
gold.jpg.jpeg
काठमाडौँ । बौद्ध चुच्चेपाटी बस्ने सिन्धुपाल्चोक फुल्पिङकट्टी घर भएका २४ वर्षीय उमेश सेवालाई प्रहरीले शनिबार एक किलो सुनसहित पक्राउ गरेको छ । 
 
अभियुक्त सेवाले भन्सार छलेर अवैध रुपमा सुन तस्करी गरी बिक्रीवितरण गरिरहेको भन्ने खबरका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले चुच्चेपाटीबाट पक्राउ गरेको हो । 
 
उनी सवार बा ७२ प २३ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइछिपाई राखेका अवस्थामा उक्त सुन बरामद भएको थियो ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ