arrow

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार मास्क वितरण 

logo
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७६ चैत ८ शनिबार
mask-distrubtion.jpg

बर्दिया(गुलरिया)। कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गुलरिया उद्योग वाणिज्य संघ बर्दियाले कपडाको माक्स वितरण गरेको छ।

बढी भिडभाड हुने स्थान मध्यनजर गर्दै गुलरिया नगरपालिका स्थित राधाकृष्ण चोकमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटो रिक्साका सवारी चालकहरु तथा सर्बसाधारणहरुलाई सचेतना मुलक सन्देश सहित गुलरिया उद्योग वाणिज्य संघ बर्दियाको सहयोगमा मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए।

चाईनाबाट बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड-१९ बाट सुरक्षित रहुन भन्नका लागि जनचेतनाका साथ करिव १ हजार वटा माक्स वितरण गरिएको उद्योग वाणिज्य संघ गुलरियाका सह कोषाध्यक्ष मोहित पौडेलले बताए।

विश्वका अधिकांश देशमा कोरोना भाइरस संक्रमणित देखिए पनि हाल सम्म नेपालमा नदखिएकोले सिमामा कडाई गरिएको समेत उपरिक्षक नायब उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ