अलिबाबाले नेपाल लगायत एशीयाली देशहरुमा सहयोग गर्ने
प्रकाशित २०७६ चैत ८ शनिबार
978
Shares
काठमाडौं। अलिबाबा समूहका संस्थापक ज्याक माले एसीयाली देशहरुलाई कोरोना संक्रमणका बेला अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउने भएका छन्। विश्वभर फैलिरहेको भाइरस नियन्त्रणका लागि माको अलिबाबाले युरोपमा पनि साहायता गरिरहेको छ।
ज्याक माले ट्विट गर्दै भनेका छन् ‘हामी अत्यावसयक सामाग्रीहरु ( १८ लाख मास्क, २ लाख १० हजाट टेस्टिङ किट, ३६ हजार प्रतिरोधात्मक वस्त्र र थर्मोमिटर) अफगानिस्तान, बंगलादेश, नेपाल, कम्बोडिया, लाओस, मालदिव्स, पाकिस्तान र श्रिलंकामा वितरण गर्दैछौं। चाँडो सकिन्न होला तर हामी काम फत्ते गर्नेछौ।‘
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिरहेको छ। उक्त भाइरसको संक्रमण नियन्त्रण गरन विश्व जुधिरहेको बेला अलिबाबाले आवश्यक ठाउँहरुमा सहयोग पुर्याईरहेको छ।
विश्वका धनी एवं चिनिया कम्युनिस्ट पार्टीबाट राजनीति गरिरहेका मा सामाजिक कार्यमा सहयोग गर्न अग्रणी मानिन्छन्।
Go Asia! We will donate emergency supplies (1.8M masks, 210K test kits, 36K protective suits, plus ventilators & thermometers) to Afghanistan, Bangladesh, Cambodia, Laos, Maldives, Mongolia, Myanmar, Nepal, Pakistan & Sri Lanka. Delivering fast is not easy, but we'll get it done!