arrow

व्रिटिस गोर्खाले बढाए बेलायती सरकारलाई दिएको अल्टिमेटम समय

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
british.jpg.jpeg
काठमाडौ । समान, तलब, पेन्सन, सुविधा र अवसरलगायतको माग राख्दै लामो समयदेखि आन्दोलनरत व्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायति सरकारलाई दिएको अल्टिमेटमको समय बढाएको छ । यसअघि आजसम्मको अल्टिमेटम दिएकोमा त्यसलाई बढाएर असार १७ गतेसम्मको समय दिएको समितिले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 
 
अल्टिमेटमको समयसम्म पनि आफूहरुको माग सुनवाई नभए नेपाल र बेलायत दुबै स्थानमा आमरण अनसन बस्ने समिति चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले दुई पटक बेलायत सरकारलाई पत्र पठाईसकेको, नेपाल सरकारले बार्ता टोली गठन गर्ने प्रतिबद्धता ब्यक्त गरेको, प्रधानमन्त्री र सभामुख ओनसरी घर्तिले ठोस पहलकदमी लिने प्रतिबद्धता ब्यक्त गरेको, यूरोपियन विभाग हेर्ने सचिवले पनि समस्या समाधानकोलागि दुई महिना समय मागेको, अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले बेलायत आएर कुरा गर्ने भनेकोले आफूहरुले अल्टिमेटमको समय सारेको जानकारी दिईएको थियो । 
 
पत्रकार सम्मेलनमा संयोजक लालबहादुर घिसिङ्गले आफूहरुले समानताकोलागि विगत २५ वर्षदेखि आन्दोलन गर्दै आएकोमा बेलायत सरकारले पटक पटक माग पुरा गर्ने आश्वासन दिएपनि पुरा नगरेको भन्दै अबको आन्दोलन माग पुरा नहुन्जेलसम्म नरोकिने चेतावनी दिए । बेलायती सेनाका जिवित भिक्टोरिया क्रस पटक विजेता क्याप्टेन रामबहादुर लिम्बुले लामो समयदेखि आन्दोलन गर्दा पनि धेरै संगठन भएर माग पुरा हुन नसकेकोले अब एकीकृत भएर आन्दोलन गर्नु पर्ने आवश्यकता औल्याउँदै नेपाल सरकारले दरिलो रुपमा कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिए । 
 
प्रवक्ता क्याप्टेन हिमाल राईले आफूहरुको माग पुरा नहुनु सम्पूर्ण नेपाली जनताको माग पुरा नहुनु जस्तै भएकोले नेपाल सरकारले यसमा गंभिर पहल लिनु पर्ने आवश्यकता औल्याए । पूव मिस नेपाल सुविन लिम्बुले व्रिटिस सरकारले तीस वर्षमुनिका व्रिटिस गोर्खाका छोराछोरीलाई आवासीय भिषा दिने सहमति गरेपनि सबैले सो सुविधा प्राप्त गर्न नसकेको गुनासो गर्दै बेलायती दुतावासमा जाँदा अपहेलित गर्ने गरेको बताईन । 
 
व्रिटिस गोर्खाले समान कामकोलागि समान तलब, समान पेन्सन, विवाहित अविवाहित सबैले आवासीय भिषा पाउनु पर्ने, निशुल्क स्वास्थ्य उपचार पाउनु पर्ने लगायतका माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ