arrow

‘गोरखा भूकम्प’ र विनाश, वर्ष दिन वित्दा पीडितको अझै उठीबास (भिडियोसहित)

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
barparkearthquakeaaaa.jpg.jpeg
काठमाडौं । गएको वर्ष वैशाख १२ गते शनिबार (आजकै दिन) उपत्यका लगायत अधिकांश भागमा बर्खा झैं कुहिरो र पुस, माघ झैं चिसो थियो । चरा चुरुङ्गी समेत शान्त रहेको वातावरणमा चोक तथा मुख्य सडकहरुमा नागरिकको चहल पहल समेत कमै थियो । शनिबारको दिन सार्वजनिक विदा भएकाले समेत केही कामकाजीहरु घरमै थिए । कसैले खाना खाँदै थिए भने कोही शनिबार मनाउन भन्दै घरबाहिर निस्केका थिए । शनिबार स्कुलहरु बन्द भएकाले सार्वजनिक स्थलमा त्यति भागदौड हुन पाएन । ग्रामीण भेकमा प्राय स्थानीयहरु घर बाहिर थिए । तर, बालबालिकाहरु घरमै रहेकाले बढी भयको सिकार भए । कतिपय स्थानमा त चेतना अभावले बाहिर खेलिरहेका बच्चाहरुसमेत घरभित्र छिरेकै कारण बढी क्षति भएको बताइन्छ । 
 
मध्यान्हको १२ बज्न ३ मिनेटमात्रै बाँकी छँदा (११:५६) बजे गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ६ रेक्टर स्केलको विनाशकारी भूकम्पले शान्त रहेका चराचुरुङ्गी, वन्यजन्तु र मानवको एकै पटक कोलाहल मच्चियो । एका–एक सवै सकैसंग सम्पर्क विच्छेद भए । विभत्स दृश्यहरु र खण्डहर बस्तीमा आफन्त खोज्ने र रुनेहरुको करुण क्रन्दन आँकलन बाहिर थियो । धुलाम्य बनेका कतिपय स्थानहरु कयौं मिनेटपछि खण्डहरमा परिणत भएका देखिए । विध्वंश हुन मिनेट सम्म पनि लागेन । त्यतिमात्र नभई मानव समाजले मान्ने गरेका शक्ति स्वरुपा विभिन्न मठ मन्दीर, ऐतिहाँसिक र पुरातात्विक धरोहर समेत सग्ला रहेनन् । सबै गल्र्याम–गुर्लुम ढले । ती अहिले समेत विरुप छन् । खण्डहर बनेका कतिपय बस्तीहरु अझै उठेका छैनन् । 
 
विनाशकारी भूकम्पको चपेटमा परी विभिन्न जिल्ला गरी कम्तिमा पनि ९ हजार ५५ जनाको निधन भयो । यस्तै, २२ हजार ३ सय ३८ जना घाइते भए । दिवंगत हुनेमा महिला बढी छन् । महिला ५ हजार ७३ र पुरुष ३ हजार ९ सय ७८ रहेको गृहमन्त्रालयले जनाएको छ । १ सय ९९ जना अझै वेपत्ता छन् । भूकम्पको चपेटामा परी २ हजार ६ सय ९० सकारी भवन पूर्ण क्षतिग्रस्त भए । यस्तै, ३ हजार ७ सय ७८ सरकारी भवनमा आंशिक क्षति पुग्यो । ७ लाख ७७ हजार २ सय ८ नीजि घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा २ लाख ९९ हजार ७ घर आंशिक रुपमा क्षतिग्रस्त भए । दुई सय ५३ पुरुष र २ सय ५१ महिला पूर्ण रुपमा घरवारविहिन भएका छन् ।   
 
कुनै पूर्वतयारी नगरेको सरकारलाई देशबाहिरको सहयोग अतुलनिय रहयो र मृतक, घाइते लगायत च्यापिएकाहरुको उद्दार भयो । केही स्थानहरुमा नेपाली सेना र सशस्त्र प्रहरीले उदाहरणीय काम गरेर देखाए । २२ घण्टापछि समेत जिवित उद्धार गर्न सकिएका घटना भने छिटपुट मात्रै सुन्न देख्न पाइए । अधिकांश स्थानमा समयमा उद्धार टोली नपुग्दा र उपचार नपाउँदा मृत्यु भएको घटनाक्रम समेत नेपाली नागरिकसामु रहे । 
वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले नागरिकलाई त्रस्त बनाइरहयो । भूकम्पको प्रत्यक्ष मारमा परेका र त्रासले भागेका सबैको महिना दिनसम्म घरबाहिरै रात वित्यो । त्यो पनि खुला आकाशमा । सो बखतका दृष्यहरु कयौं दर्दनाक छन् । भूकम्प गएको एक वर्ष पूरा भएसकेपनि पीडितहरु अझै अत्यासमै छन् । 
 
भूकम्पबाट अति पीडित सिन्धुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर ललितपुर, दोलखा, काभ्रेपलान्चोक, सिन्धुलीलगायतका जिल्लामा अझै  पीडितको पुनःस्थापना हुन सकेको छैन । तत्कालिन समयमा राहत दिने र मिडियामा आउनेहरुको होड समेत रहयो । यद्यपि, कतिपय व्यक्ति तथा संस्थाहरुले दिल खोलेरै सहयोग गरे ।  यस्तै, कयौंले सो वखत गरेका प्रतिवद्धता भूलेका छन् । 
 
सरकारले दाता सम्मेलन गरेर अर्बौं रुपैंया संकलन गरेपनि राजनीतिक किचलोभन्दा माथि उठ्न सकेन । राजनीतिक किचलोमा फसेको सरकार पीडितको पुनःस्थापना गर्न चुकेको छ । यस्तै, भूकम्पपछी त्रासले घरबाहिर बसेका पीडितहरुको घरमा चोरी हुनु सामान्य जस्तै बन्यो । तर, पछि सरकारकै जिम्मेवार निकाय र सप्लायर्सहरुले राहत वितरण तथा सामग्री खरिदमा समेत घोटाला गरिदिएपछि पीडितहरुको बास अझै घरभित्र हुन सकेन । राहत सामग्री खरिद तथा वितरणका नाउमा ब्रह्मलुट समेत पीडितहरुले सहे । अनियमितता अनगिन्ती रहे । यद्यपि, तत्कालिन समयमा नीजि क्षेत्र र गैरसरकारी क्षेत्रको सहयोग पीडितका लागि राहन बन्यो ।
   
सरकारले पूकम्पपछीको पुनःनिर्माणका लागि प्राधिकरण गठन गरेपनि प्राधिकरण अझै कार्य प्रारम्भ गर्न सकिरहेको छैन । औपचारिक कार्यक्रम बाहेक सरकारले जनताले प्रत्यक्ष राहत तथा हलुको महसुस गर्ने कुनै काम हुन सकेनन् । एक बर्खा र एक हिँउँद खुला आकाशमा विताएका पीडितले हुरीको वितण्डा सामना गरिसकेका छन् भने, दोस्रो बर्खे झरीको सास्ती खेप्ने पनि निश्तिप्रायः छ । सरकारले प्राधिकरणमा कर्मचारीको व्यवस्था र आन्तरिक चाँजोबाँजो मिलाउन  नसकिरहेका बेला सत्तासीन दलहरु यो बर्खामा कोही पनि पीडितहरुको विचल्ली नहुने र पुनःबास हुने उर्दी लगाउँदै आएका छन् । यो उर्दीको पूर्णतः पालना कसरी हुन्छ त्यो भने, हेर्न बाँकी छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ