एजेन्सी। बलिउडका सुपरस्टार सलमान खानलाई ब्राजीलमा हुने रियो ओलम्पिक २०१६ को गुडविल एम्बेसडर अर्थात सदभावना दूत बनाइएको छ । रियो ओलम्पिकमा सलमान खानको प्रवेशले भारतका खेलाडीहरुको मनोवल बढ्ने टाईम्स अफ इन्डियाले जनाएको छ ।
पछिल्लो समयमा बलिउड सुपरस्टार अमिताभ बच्चन माथि आर्थीक हिनामिना गरेको आरोप पनामा पेपरले लगाएको छ ।त्यस्तै, आमिर खा़न महाराष्ट्रको दुई गाँउलाई भडकाएको झुठो समचारका कारण तनाबमा रहेका छन् । यस्तो अवस्थामा रियो ओलम्पिकमा सलमान खानको प्रवेशले भारतियलाई राहत दिने भारतिय सञ्चारमाध्यमको दाबि छ । रियो ओलम्पिक अगस्ट ५ वाट २१ सम्म ब्राजीलमा हुदैछ । ओलम्पिक खेलमा २०६ देशहरुका १० हजार पाँच सय भन्दा ज्यादा खेलाडिहरुको उपस्थिति रहनेछ ।