arrow

प्यूठानमा जिप दुर्घटना, दुईको मृत्यु, नौ घाइते

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
Pyuthan-hamrakura.jpg.jpeg
प्यूठान ।  मच्छीमा अपराह्न भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  बागदुलाबाट खुङ जाँदै गरेको जिप ओखरकोट–६ लामासेरामा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले जानकारी दिए । 
 
मृत्यु हुनेमा खुङ–७ का ४५ वर्षीय जनक जिसी र ४६ वर्षीय जगत जिसी रहेको प्रजिअ रामबहादुर कुरुङवाङले जानकारी दिए । 
 
दुर्घटनामा परी नौ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको स्थानीय शिक्षक नारायण जिसीले बताए । चालकको अनुभवको कमी र दुर्घटनास्थल उकालो भएकाले दुर्घटना भएको अनुमान छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ