कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा
रासस,
प्रकाशित २०७६ चैत ११ मंगलबार
746
Shares
गलकोट। बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन्। गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिए।
“देशमा आएको सङ्कटको घडीमा सबैले आआफ्नो तरिकाबाट सहयोग गर्न आवश्यक छ” सुनारले भने “सबैले सहयोग गर्दा नेपालको अहिलेको अवस्था समाधान हुन सक्छ।” गाउँपालिकामा कार्यरत ३५ कर्मचारीले तलबबाट १० प्रतिशतको हुन आउने रु एक लाख १५ हजार कोषमा जाने सुनारले जानकारी दिए।