arrow

आन्दोलनको चेतावनीपछि माओवादी केन्द्रीय सदस्य लामा रिहा

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
maila-lama.jpg.jpeg
काठमाडौँ। गिरफ्तारीमा परेका एनेकपा माओवादीका केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामालाई प्रहरीले रिहा गरेको छ। नियन्त्रणमा लिनुका कारण खुलाउन र निसर्त रिहा गर्न माग गर्दै पार्टीले आन्दोलनको घोषणा गरेपछि प्रहरीले आवश्यक पर्दा हाजिर हुने गरी रिहा गरेको हो। 
 
शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाललगायत कार्यकर्तालाई गिरफ्तार गरिएको थियो। पक्राउ परेका छ मध्ये दुई जनालाई तीनकुने प्रहरीवृत्तमा राखिएको थियो। एक जापानी संस्थासँगको विवादको विषयमा मुद्दा परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ।
 
नेकपा माओवादीका केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामाको गिरफ्तारीको विरोध गर्दै सो पार्टीले बिनासर्त तत्काल रिहा गर्न माग गरेको थियो। शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाल लगायत कार्यकर्ता पक्राउ परेका थिए। उनीहरुलाई हाल तीनकुने प्रहरी वृत्तमा राखिएको छ।
 
लोकतान्त्रिक मान्यता विपरीत सो गिरफ्तारी भएको जनाउँदै पार्टी उपत्यका ब्युरोका इञ्चार्ज विषमले रिहाइ नभए आन्दोलन गरिने चेतावनी दिएका थिए। पार्टीले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको थियो। उसले वैशाख १२ गते बेलुकी ६ बजे मशाल जुलश जिकाल्ने,  १३ गते उपत्यकामा विरोध प्रदर्शन गर्ने र १४ गते देखि दोस्रो चरणका संघर्षको कार्यक्रमहरु घोषणा गर्ने विज्ञप्ती मार्फत जनाए लगत्तै प्रहरीले उनलाई आवश्यक पर्दा हाजिर हुने गरी रिहा गरेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ