arrow

रुपन्देहीमा 'लकडाउन' अवज्ञा गरेको भन्दै तीन जनासहित १६५ सवारी साधन नियन्त्रणमा

logo
नारायण वली, 
प्रकाशित २०७६ चैत ११ मंगलबार
rupandehi1.jpg

रुपन्देही । चीनको वुहान शहर वाट पछिल्लो समय विश्वभर फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राख्दै सरकारले मंगलवार (आज) लकडाउन गरे सँगै रुपन्देही सुनसान वन्न पुगेको छ । जसका कारण बुटवल–वेलहिया सडकखण्डमा अत्यावश्यक सवारी साधन वाहेक अन्य सवारी चल्न सकेका छैनन् । 

तर आज विहान बुटवल वजारमा मादक पदार्थ सेवन गरी स्कुटरमा लकडाउनको अवेज्ञा गर्दै सडकमा हिडिरहेका ३ जना युवाहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएकाहरुलाई ईलाका प्रहरी कार्यालमा राखिएको र प्रचलित कानुन अनुसार उनीहरुलाई कारवाही गरिने ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जनाउनु भएको छ । लकडाउन अवेज्ञा गरेको भन्दै प्रहरीले बुटवल उप–महानगरपालिका वडा नं.८ का हेमन्त घिमिरे, वडा नं. ७ का नवराज श्रेष्ठ र सोही वडाका सन्तोष रास्कोटीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नेपाल सरकार अन्र्तगत कोरोना भाईरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमवार वेलुका बसेको बैठकले कोभिड–१९ को सक्रमण फैलिन नदिनका लागि आज बिहान ६ बजे देखि चैत १८ गते साँझ ६ बजे सम्म देशभर ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । 

झनपछि झन उक्त भाईरसले परिस्थिती निकै प्रभावित वनाउँदै गएको र छिमेकी मुलुल भारतमा पनि केही मानिसहरुको ज्यान गएसंगै तेस्रो मुलुकवाट नेपाल आएकी एक युवतीलाई कोरोना भाईरसको संक्रमण देखिएको आशंका भएपछि प्रचलित रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरिएको वताईएको छ । 

यस्तै सरकारले देशभर लकडाउन गरेसँगै रुपन्देहीको बुटवल र भैरहवा वजारमा औषधि किन्ने र खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक अन्य कुनै पनि व्यक्ति घरबाट बाहिर नआएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी प्रवक्ता खड्क वहादुर खत्रीले जानकारी दिनुभएको छ । 

साथै डिएसपी प्रवक्ता खत्रीका अनुसार जिल्लामा अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षा निकायले प्रयोग गर्ने सवारी बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन पुर्णरुपमा ठप्प रहेको वताईएको छ । 

यस्तै प्रदेश नं.५ प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता राम प्रकाश शाहले सरकारले लकडाउन गरेसँगै विहान र दिउँसो समयमा रुपन्देही सडकहरुमा लकडाउनलाई अवेज्ञा गरी सवारीसाधन लिएर वाहिर निस्किएका मोटसाईकल १५२, स्कुटर ३, ट्याक्सी १, कार ३ र खाली ट्रक ६ वाट गरी १६५ वटा सवारीसाधनहरु नियन्त्रण लिएको र चालकहरुलाई भने सम्झाई वुझाई घर पठाएको वताउनु भएको छ । 

साथै प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता शाहले नियन्त्रणमा लिएका सवारीसाधनहरुलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको निर्णय अनुसार कारवाही प्रक्रिया अगाडि वढाईने अथवा के गर्ने भन्ने वारे कुनै जानकारी नआएको बताए ।

यसैविच नेपाल सरकारले अत्यावश्यक काम बाहेक अन्य व्यक्तिहरु घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसहरुको सङ्ख्यामा न्युन देखिएको छ । सरकारले कोरोना भाईरसका कारण निम्त्याएको विषय परिस्थितीलाई आत्मसाथ गर्दै देशभर गरेको लकडाउन लाई कोही कसैले उलङ्घन गरेको पाईएमा ६ महिना सम्म कैद र जनही ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था रहेको उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ