arrow

भारतबाट फर्केका करिब ४० नेपाली रुपैडिहामा अलपत्र

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत ११ मंगलबार
rupadhiya.jpg

नेपालगञ्ज । भारतबाट फर्केका नेपाली आज पनि बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकाको पारी भारतीय सीमा क्षेत्र रुपैडिहामा अलपत्र परेका छन् । 

नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका पूर्णरुपमा बन्द भएपछि उनीहरु सीमा प्रवेश हुन नपाएर अलपत्र परेका हुन् । करिब ४० जना जति नेपालीहरु दशगजा नजिकै भारतीय क्षेत्रमा आएर बसेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक माधव रिजालका बताए  ।

 उनीहरु गएरातिदेखि रुपैडिहा आएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले आज सिमापारी रुपैडिहाबाट कसैलाई पनि नेपाल प्रवेश गर्न नदिएको बताए। उनले सीमानाकामा अलपत्र परेकालाई के गर्न सकिन्छ भन्ने विषयमा आफूहरु अहिले छलफलमै रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ