arrow

कोरोना संक्रमितको उपचारका लागि केन्द्र तोकियो

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ चैत १२ बुधबार
pradesh-2-corona.jpg

जनकपुर । विश्वभरिनै महामारीका रुप लिइसकेका कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न एवं पुर्व तयारी स्वरुप प्रदेश नम्बर दुई सरकारले विभिन्न ठाउँमा क्वारेन्टाइन संचालनमा ल्याएको छ ।

प्रदेश नम्बर दुईका सामाजिक विकासमन्त्री नवलकिशोर साहको नेतृत्वमा प्रदेशस्तरीय व्यवस्थापन समिति गठन गरिइको हो  ।

समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव र महाशाखा प्रमुख पनि रहेका छन् । सदस्य सचिवमा स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झा, सदस्यहरूमा प्रादेशिक अस्पतालका डाक्टर जामुन सिंह, सुरक्षा निकायका प्रमुखहरू, उपमहानगरपालिकाका मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारीसहित १२ जना रहेका थिए ।

जनकपुरमा मंगलबार बसेको बैठकले प्रदेश दुईमा कोरोना संक्रमित देखिए उनीहरूको उपचारका लागि केन्द्र पनि तोकेको छ ।

त्यस्तै कोरोना भाइरस शंकास्पद व्यक्तिहरुका लागि बिरगंजमा केडिया डेन्टल कलेज, गौरमा गौर नर्सिंग इन्स्टिच्यूट, होटल सिया पैलेश र धनुषामा मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रमा क्वारेन्टाइन तयार भई मंगलवारदेखि नै संचालनमा ल्याएको छ ।

सप्तरीको रुपनी प्रहरी अस्पताल र जनकपुरधाम स्थित मणिपाल मेडिकल कलेज भवनमा बुधवारदेखि अन्य स्थानमा आवश्यकता अनुसार क्वारेन्टाइन केन्द्रहरु सम्भाव्यता अध्ययन गर्र्दै संचालनमा ल्याएका हुन् ।

बैठकबाट विभिन्न ८ बुंदे गरिएको निर्णयमध्ये कोरोना भाइरस रोगीको उपचारका लागि बिरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामको जानकी मेडिकल कलेजको सिटी अस्पताललाई विशेषज्ञ अस्पताल तोकियो छ भने सबै जिल्ला अस्पतालमा १० बेडको ट्रान्जिट आइसोलेशन वार्ड तयार गरी संचालनमा ल्याएका छन ।

प्रदेश नम्बर दुई सरकारले सीमामा अलपत्र परेका नागरिकलाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा शंकास्पद भए प्रदेश क्वारेन्टाइनमा र सामान्यलाई होम क्वारेन्टाइनमा राख्ने जनाएको छ । यसका साथै बैठकले जिल्ला अस्पतालहरूलाई कम्तिमा १० बेडको ट्रान्जिट आइसोलेशन वार्ड बनाउन भएको छ ।

प्रदेश नम्बर दुई सरकारले स्वास्थ्यकर्मीलाई आवश्यक पर्न मेडिकल सामग्रीहरू पीपीई ८ हजार थान, थर्मल गन सय थान, एन ९५ मास्क १५ सय थान, सर्जिकल मास्क १० हजार, ग्लोब्ज ५० हजार, डिस्इन्फेक्टेन्ट स्प्रे दुई सय थानसहितका लागि प्रदेशस्तरीय दातृ निकायलाई अनुरोध गर्ने निर्णय गरेका हुन् ।

त्यसैगरी कोभिड १९ का लागि तत्काल बी.एस.एल. ल्याब सञ्चालनमा ल्याउने तयारी गर्नेसमेत बैठकमा छलफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ