arrow

ओलीको गृहक्षेत्रमा नयाँ अध्यक्ष निर्वाचित

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
दमक। नेकपा (एमाले) क्षेत्र नं–७ कमिटी, झापाको क्षेत्रीय अध्यक्षमा बोधराज न्यौपाने निर्वाचित भएकाछन्।
 
दमकमा सम्पन्न तेस्रो क्षेत्रीय अधिवेशनको निर्वाचनबाट उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो। अध्यक्षका उम्मेदवार तुलसीप्रसाद निरौलाले उम्मेदवारी फिर्ता लिएपछि न्यौपाने आगामी तीन वर्षका लागि अध्यक्ष चयन भएका हुन। क्षेत्र नं ७ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गृहक्षेत्र पनि हो।
 
त्यस्तै, क्षेत्रीय कमिटीको उपाध्यक्षमा जगबहादुर राई, सचिवमा विश्व वराल, उपसचिवमा महेन्द्र खड्कासमेत सर्वसम्मत निर्वाचित भई गठित निर्वाचन समितिका संयोजक गजेन्द्र आचार्यले जानकारी दिए।
 
यसैगरी, पार्टीको दमक नगर इन्चार्जमा अम्बिका खनाल, धरमपुर इन्चार्जमा कुलबहादुर बस्नेत चयन भएका छन्। सञ्चारकर्मीको कोटामा मोहनप्रसाद अधिकारी र विद्यार्थीको कोटाबाट खगेन्द्रराज अधिकारी चयन भएको निर्वाचन समितिका सदस्य खेम बगालेले जानकारी दिए। यसअघि नै क्षेत्रीय समितिको लखनपुर इन्चार्जमा सुरेन्द्र देवान निर्विरोध निर्वाचित भए।
 
क्षेत्रीय सदस्यका लागि आदिवासी, दलित, मजदुर, युवा र उद्योगीतर्फ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ