arrow

सभामुख घर्ती र दक्षिण कोरियाली समकक्षीबीच भेटवार्ता

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
Onsari-gharti.jpg.jpeg
काठमाडौँ । सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेका दक्षिण कोरीयाका सभामुख छङ उई ह्वाबीच भेटवार्ता भएको छ । व्यवस्थापिका–संसद्भ वन नयाँबानेश्वरमा भएको भेटवार्तामा नेपालको संसद् र दक्षिण कोरीयाको संसद्बीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै जनस्तरको सम्बन्धलाई थप नयाँ दिशामा अगाडि बढाउने विषयमा कुराकानी भएको थियो । 
 
संसद् जनताको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसले जनस्तरको सम्बन्धलाई समेत प्रतिनिधित्व गर्ने भएकाले नेपालको संसद् र कोरीयाको संसद् एवम् जनस्तरको सम्बन्धलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको सभासुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । 
 
सभामुख घर्तीले गत सालको गोरखा भूकम्पको समयमा दक्षिण कोरीयाले उपलब्ध गराएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरिन् । नेपाली जनता दक्षिण कोरीयाको सहयोगबाट असाध्यै अनुग्रहित रहेको भन्दै उहाँले नेपालभित्र समेत जनस्तरसम्म कोरीयाको सहयोग र सद्भावप्रति असाध्यै सकारात्मक बुझाइ रहेको समेत समकक्षीलाई जानकारी गराए । 
 
नेपालमा पछिल्लो दिनमा लगानीमैत्री वातावरण बन्दै गएको भन्दै दक्षिण कोरीयाली सभामुखले आफूहरु स्वदेश फर्केर गएपछि आफ्नो सरकारसँग त्यस विषयमा कुरा गर्ने विश्वाससमेत दिलाए । नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासमा खुलेर सहयोग गर्न आफूहरु तयार रहेको भन्दै थप लगानीमैत्री वातावरण बनाउनसमेत सभामुख घर्तीलाई समकक्षीले आग्रह गरे । 
 
सभामुख घर्तीले लगानीका लागि केही अप्ठ्यारा रहेको भए त्यसमा सहजीकरण गर्न नेपाल सरकार र नेपालको संसद् तयार रहेको समेत उल्लेख गरिन् । सो अवसरमा कोरियाली सभामुखले उपयुक्त समयमा कोरियाको भ्रमण गर्नसमेत सभामुख घर्तीलाई आग्रह गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ