arrow

भारतबाट आएका ९ जनालाई रामपुर नगरपालिकाले राख्यो क्वारेन्टाइनमा

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
rampur-quran.jpg

पाल्पा रामपुर । भारतबाट आएका ९ जना नागरिकलाई रामपुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले वडा नम्बर ५ संगको समन्वयमा निर्माण गरेको क्वारेन्टाइनमा पहिलोपटक बाहिरबाट आएका युवालाई सिधै क्वारेन्टाइनमा लगेर राखिएको हो । 

रामपुर नगरपालिकाले वडामा घुम्तीटोली खटाएर देश बाहिरबाट आउनेहरुको तथ्यांक लिएर क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आइरहेको छ । उनीहरु केहीदिन अघि आएर परिवारमा बसिसकेका छन् । उनीहरु घरमै क्वारेन्टाइनमा  बस्ने सर्तमा छन् । तर बुधबार बुटवलबाट आएका ९ जना घर नगइ सिधै बालकल्याण प्राथमिक विद्यालयमा तयार पारिएको क्वारेन्टाइनमा बसेका हुन् । रामपुर -६ र ७  का १/१ जना र १० न. वडाका ७ जना रहेका छन् । 
     
भातरको मुम्बइबाट आएका उनीहरु लकडाउनमा अलपत्र परेपछी स्थानिय प्रशासनको सहयोगमा रामपुर ल्याइएको हो ।  बुधवार ३० जनाको टोली पाल्पाकै बगनासकालीले तयार पारेको क्वारेन्टाइनमा बस्ने व्यवस्था पछि प्रशासनको समन्वयमा नगरपालिकाले बसको व्यवस्था गरेर उनिहरुलाई ल्याएको हो । पाल्पाको रामपुर नगरपालिका, निस्दी र पुर्वखोला गाउपालिकाका उनिहरु मध्य अन्य पालिकाले व्यबस्थापन गरेको वा घरमा नै क्वारेन्टाइन स्थापना गरेर बस्ने गरि गएका छन् । रामपुर नगरपालिकाका ९ जनालाइ भने सोही युवा, परिबारको समन्वयमा १४ दिन क्वारेन्टाइनमा राखिने छ । 
     
 उनीहरुलाई नगरप्रमुख रमण बहादुर थापा, वडा अध्यक्ष हिमाल मल्ल, वडा सदस्य बिष्णु प्रसाद बस्याल, माया नेपाली, काशीनाथ रेग्मी तथा प्रहरी प्रमुख प्र नि भीम बहादुर कार्की र रामपुर अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा कोरोना बारे जानकारी दिएर अपनाउनुपर्ने सुरक्षा, सरसफाइ एवं स्वास्थ्य परिक्षण गरि सुरक्षा र निगरानीमा राखिएको छ । हाल नगरपालिकाले  भारत लगायत विभिन्न मुलुकबाट करिव एक सय जना नागरिक नगर भित्रिएको जनाएको छ ।

साथै रामपुर नगरपालिका ५ मा गत चैत ३,७,८ र ९ गते आएका अन्य ७ जनाको स्वास्थ्य परिक्षण गरि घरमा नै छुट्टै बस्न भनिएको छ । गाउमा नया आएका नागरिकलाई होम क्वारेन्टाइनमा अनिवार्य बस्न भनिएको छ । रामपुर नगरपालिकाले नगरका सबै वडामा क्वारेन्टाइन निर्माणलाई तिब्रता दिएको छ । 
        
नगरपालिकाले वडा -वडामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोलि खटाएको छ । भारत वा अन्य देशबाट रामपुर आएका नागरिकलाई सिधै क्वारेन्टाइनमा राख्ने व्यबस्था गरेको नगरले जनाएको छ । साथै सोही अबसरमा रामपुर ५ अस्पताल क्षेत्रमा बसोबास गर्ने २४ जना मजदुरको स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष हिमाल मल्लले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ