arrow

क्याम्पसको क्वारेन्टाइनमा राखिएका १० जनालाई होटेल क्वारेन्टाइनमा सारियो

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
hotel1.jpg

नेपालगन्ज ।नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस  क्वारेन्टाईनमा बसेका १० जनालाई आधुनिक क्वारेन्टाइनमा सारिएको छ। उनीहरुलाई   नेपालगन्जको होटल सामर्थ्य ईनमा सारीएको नेपालगन्ज उपमहानगरपालिका जन स्वास्थ निरीक्षक जागेश्वर बस्नेतले बताए । होटेलमा राखिएकाहरुलाई सबैलाई अलग अलग कोठामै राखिएको छ।
 
जनस्वास्थ्य निरीक्षक बस्नेतका अनुसार  महेन्द्र क्याम्पसमा बनाइएको क्वारेन्टाईन भने अनुसार नभएको कारण उनीहरुलाई होटेलमा क्वारेन्टाइन बनाएर राखिएको बताए। 

शुक्रवार सम्म नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस  क्वारेन्टाईनमा ९ जनालाई राखिएको थियो भने गए राती   भारत र नेपालगन्जको सिमा नाकाको अन्य  चोर बाटो भएर नेपालगन्ज आउदै गरेका नेपालगन्जका एक जनालाई पक्राउ गरि क्वारेन्टाइनमा राखिएको बस्नेतले भने।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ