arrow

धनगढीमा संक्रमित फेला पर्दा डोटीको आशंका गरिएका युवामा भने देखिएन कोरोना

logo
प्रकाश बम,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
corona-test-kit.jpg

डोटी। धनगढीमा देशकै चौथो व्यक्ति कोरोना भाइरस संक्रमित फेला पर्दा जिल्ला अस्पताल डोटीमा कोरोना भाइरसको आसंका गरिएका एक जना विरामीको रिपोर्ट नेगेटिभ आएकाे छ । १९ वर्षका एक युवाको स्वाव परीक्षण गर्दा  नतिजा ‘नेगेटिभ’ आएको हो । 

काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ज्योति पाण्डेयले हाम्राकुरालाई जानकारी दिइन् । 

भारतको तेलंगना प्रदेशबाट रोजगारी गरि आएका  युवा गत मंगलबार जिल्ला अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले सोहि दिन आइसोलेसन वार्डमा राखेको थियो । 

बुधबार उनको घाँटी र नाकको स्वाव परीक्षणका लागि पठाईएको थियो । रिपोर्ट पनि ‘नेगेटिभ’ आएको र ति युवाको स्वास्थ्य अवस्थामा पनि सुधार देखिएकाले उनलाई शुक्रबार अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरीने डाक्टर पाण्ड्येले बताईन् । यद्यपी उनलाई घरमा पनि आईसोलेसनमा बस्न लगाईने जनाईएको छ ।

धनगढीमा फेला परेको विरामी पनि दुबईबाट आएको बताइएको छ। सेती प्रादेशिक अस्पतालमा  आइसोलेसनमा राखि उपचार भइरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए। उनी केहि दिन अघी काठमाडौंबाट धनगढी आएपनि उनको ट्राभल हिस्ट्री भने अझै बाहिर आएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ