arrow

लकडाउनको फाईदा उठाउदै २८ जनाको सिफारिस पत्रमा ५१ सवार भेटियो (भिडियो )

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १५ शनिबार
bus5.jpg

बुटवल । प्रदेश नं.५ को अस्थायी मुकाम बुटवलमा दैनिक ज्यालादारीमा काम गर्न आएका दाङको राप्ती गाउँपालिका वडा नं.१ का कामदारहरुलाई शुक्रवार बुटवलबाट उनीहरुको घरमा निर्वाधरुपमा लैजानका लागि बुटवल उपमहानगरपालिकाले एउटा सिफारिस वनाई दिएको र सोही सिफरिसको आधारमा उनीहरुलाई घर पुर्याउने काम गरियो ।

बुटवल उपमहानगरपालिकाको सिफारिसमा लु १ ख ९३२३ नम्वरको वसलाई आधिकारिकता प्रदान गर्दै सिफारिस गरिएका २८ जनालाई सम्वन्धित ठाउँमा पुर्याउने भनेर नगरपालिकाले सिफारिस वनाएको पाईएको छ । तर दाङको राप्ती गाउँपालिकास्थित पुर्वपश्चिम राजमार्गमा डिउटीमा खटिएका प्रहरी र जनप्रतिनिधिको टोलीले चेकजाँच गर्दा उक्त वसले ५१ जना सवार लिएर त्यहाँ पुगेको राप्ती गाउँपालिका वडा नं.१ क वडा अध्यक्ष तारा वहादुर डिसीले जानकारी दिएका छन्।

शुक्रवार साँझ ५ वजे त्यहाँ पुगेको वसलाई प्रहरीले चेकजाँच गर्दा ५१ जना सवार भएको पाएपछि उक्त सवार यात्रुहरु कहाँबाट आएका हुन् र उनीहरुको अवस्थामा वारे आवश्यक कागजात मागेपछि वसवालाले प्रहरीलाई बुटवल उपमहानगरपालिकाको कार्यालयबाट वनाईएको पास पत्र दिएको र पत्रमा २८ जनाको मात्रै सो पत्रमा नाम उल्लेख गरेको पाईएको छ ।
   
सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको उच्च जोखिलाई ध्यानमा राख्दै उक्त कोभिड १९ को संक्रमणबाट वच्नका लागि सर्तकता अपनाउनु पर्ने भन्दै चैत ११ गते देखि १८ गतेसम्म देशलाई लकडाउन गरेको घोषणा गरेको थियो । 

लकडाउन अवधिमा अत्यावश्यक सवारीसाधन वाहेक अन्य कुनैपनि सवारीका साधन चल्न नपाउने सरकारको घोषणामा सम्वन्धित जिल्ला प्रशासन कार्यालयको पास कार्ड वनाएर मात्रै एक जिल्लाबाट अर्काे जिल्ला प्रवेश गर्न पाईने ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले वताए।

यस्तै सो सम्वन्धमा राप्ती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तारा वहादुर डिसीले बुटवल उपमहानगरपालिकाले वनाएको अनुमती पत्रमा खुलाईएको २८ जनासंग रिर्जवको हिसावमा भाडा लिईसकेको वसले पास पत्रको अवेज्ञा गर्दै २३ जना वढी राखेको भन्दै सम्वन्धित पास पत्र दिने निकायले यसको छानविन तथा कारवाही प्रक्रिया अगाडि वढाउनु पर्ने वताए। साथै उनले यस्तो विषम परिस्थितीमा आफु खुसी एंव लकडाउनको फाईदा उठाउने वसलाई कानुनी उपचार हुनुपर्ने माग गरेका छन्।

यसैविच वडा अध्यक्ष डिसीले पास पत्रमा उल्लेख भएकाहरुको वडा कार्यालयमा रहेका स्वास्थ्य चौकीका डाक्टरले उनीहरुको स्वास्थ्य जाँच गर्न लगाएर सम्वन्धित घरका परिवारलाई जिम्मा लगाएको र उनीहरुमा त्यस्तो केही नदेखिएको वताए । वाँकी वसले लिएका २३ जनाको भने कुनै निकाय जिम्मेवार नभएको वताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ