arrow

भारतमा कोरोना भाइरसको पहिलो रिपोर्ट आयो

तस्वीरबाट जनावरबाट मानिसमा कसरी सर्यो भन्ने पत्ता लगाउन सकिने, भ्याक्सिन र औषधि बनाउन मद्धतकार हुने 

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
corona-sample-india.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट भारतमा ८८७ जना संक्रमित भएका छन् । 

शनिबार बिहानसम्म २० जनाको ज्यान गएको छ । जनवरी पहिलो ३० मा भारतमा पहिलो संक्रमित देखिएको थियो । 

चीनको वुहानबाट आएकी महिलामा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । 

नेशनल इन्स्टिच्यूट अफ भायरोलोजीका सोधकर्ताहरुले भारतको पहिलो तस्वीर बाहिर ल्याएका छकन् । 

वैज्ञानिकहरुले ट्रान्समिसन इलेक्ट्रोन माइक्रोस्कोप इमेजिङ मार्फत पहिलो तस्वीर सार्वजनिक गरेका हुन् । 

इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित शोधका अनुसार चिनियाँ महिलाबाट लिएको नमूनालाई इलेक्ट्रोन माइक्रोस्कोपलाई देखेपछि तस्वीर बाहिर आएको हो । 

नयाँ कोरोना भाइरस (सार्स–कोभ–२) को तस्वीर मर्स र सार्ससंग मिल्दो छ । 

कोरोना भाइरसको चारैतर्फ क्राउन संरचना रहेको छ । जसका कारण यसलाई कोरोना नाम दिइएको हो । ल्याटिनमा क्राउनको मतलब कोरोना हुन्छ । 

आईसीएमआरका पूर्व डाइरेन्टर जनरल डा निर्मल गांगुलीका अनुसार यो तस्वीर निकै जटिल छ । आनुवंशिक प्रक्रिया अनुसार कोरोना भाइरसको उतपत्ति र यसको विकासबारे पत्ता लगाउन यो तस्वीर निकै लाभदायक हुनेछ । 

यो तस्वीरबाटै भाइरस जनावरबाट मानिसमा कसरी पुग्यो भन्ने पत्ता लगाउन सकिने छ । 

यसबाटै कोरोनाको भ्याक्सिन र औषधि तयार गर्न सकिने छ । कोरोनाको कणको आकार ७५ न्यानोमिटर रहेको छ । 

यस्तो छ विश्वमा कोरोनाको फैलावट
यो अनियन्त्रित शैलीमा अगाडि बढिरहेको छ । यो संक्रमणका कारण अहिलेसम्म ५ लाख ९७ हजार १७९ मानिस संक्रमित भएका छन् । 

त्यसैगरी मृतक पनि बढेका छन् । २७ हजार २५९ जनाको ज्यान गइसकेको छ । 

१ लाख ३३ हजार ३६० जना निको भएका छन् । तर निको भएकाहरुलाई पनि पुनः कोरोना संक्रमण देखिन सक्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ । 

थुप्रै त्यस्ता घटनाहरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

अहिले ४ लाख १२ हजार ९३७ जना संक्रमित छन् । जसमा २३ हजार ५२३ जना गम्भीर छन् । 

१९९ देश तथा शासित क्षेत्रमा फैलिएको कोरोनाबाट सबैभन्दा धेरै इटालीमा ज्यान गएको छ । इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको हो । 

इटालीमा ८६ हजार ४९८ संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा १ लाख ४ हजार १४२ जना संक्रमित भएका छन् । १ हजार ६९६ जनाको ज्यान गएको छ । 

नेपालमा ४ जना संक्रमित भएका छन् । एक जनालाई निको भएर घर फर्केका छन् । तीन जनाको उपचार चलिरहेको छ । दुई जना काठमाडौंमा र एक जनाको धनगढीमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ