arrow

ओलीको गृह जिल्लामा प्रशासनमै अदालतको जस्तै इजलास

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
jhapa-jilla-prasasan.jpg.jpeg
झापा । न्यायाधीश बस्ने आसन, बयानका लागि कठघरा र अधिवक्ताले पैरवी गर्ने घेराबेरा गरिएको ठाउँ १ सामान्यतः यस्तो दृश्य अदालतमा मात्र देख्न पाइन्छ । तर नेपालमा जिल्ला प्रशासन कार्यालयमा समेत यस्तै इजलास निर्माण गरिएको छ । जहाँ प्रमुख जिल्ला अधिकारीले न्यायाधीशको आसनमा बसेर मुद्दाको छिनोफानो गर्छन् । 
 
झापा जिल्ला प्रशासनको नयाँ भवनमा इजलासका लागि पूर्वाधारयुक्त कक्ष स्थापना गरिसकिएको छ । तर लामो समयदेखि त्यो इजलास कक्षको प्रयोग भने भइरहेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाका अनुसार हाल ७५ वटै जिल्ला प्रशासन कार्यालयमा प्रजिअले अर्धन्यायिक इजलास कक्ष स्थापना गरिएको छ । 
 
“अदालत र प्रशासनमा स्थापना गरिएको इजलास कक्ष उस्तै हुन्छ”, सहायक प्रजिअ सापकोटा भन्नुहुन्छ – “अलिकति काम गराइ फरक पर्नु स्वाभाविकै हो ।” खोटाङ जिल्लामा प्रजिअ छँदा आफूले पनि इजलास प्रयोग गरेको सापकोटाले सुनाउनुभयो । 
 
सार्वजनिक अपराध, हातहतियार, कालोबजारीलगायतका प्रजिअले हेर्ने भनी कानुनमा तोकिएका मुद्दाको छिनोफानो इजलासकै माध्यमबाट गर्न सकिने उहाँ बताउनुहुन्छ ।  उहाँका अनुसार प्रशासनको इजलास चल्दा वादी र प्रतिवादी रहने र उनीहरूले आफ्ना वकिल राखेर बहस पैरवी गर्न सक्ने व्यवस्था पनि हुन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ