arrow

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेस संसदीय दलको ७ बुँदे ध्यानाकर्षण

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
nepali-congress-flag.jpg.jpeg

कास्की। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्रीलाई ७ बुँदे सुझाव दिदै ध्यानाकर्षण गराएको छ। दलका उपनेता मेखलाल श्रेष्ठले मुख्यमन्त्रीलाई पत्र लेख्दै सुझाव दिएका हुन्।

श्रेष्ठको पत्र जस्ताको तस्तै:
१. हाल विश्वलाइनै  तहस नहस बनाएको नोभेल कोरोना रोक्थाम तथा नियन्त्रण गरि गण्डकी प्रदेश भरिका ११ वटा जिल्लामा स्वस्थ्यकर्मीहरुलाई PPE लगायत अन्य स्वास्थ्य उपकरणको तत्काल उपलब्ध गराउन भोलि मात्र केन्द्र सरकारले उपलब्ध गराउने स्वास्थ्य सामाग्रीहरुलाइ तत्काल प्रदेशमा मगाएर सम्बन्धित जिल्लामा पुराउने ब्यवस्था गर्न अनुरोध गर्दछु।

२. सम्पुर्ण चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी लगायत खटिने कर्मचारी र यो रोग नियन्त्रण गर्नको लागी अवरात्र खट्ने सम्पुर्ण राष्ट्र सेवकहरुलाइ बिमाका साथै प्रोत्साहन भत्ता दिइ उनीहरुको मनोबल उच्च बनाउन अनुरोध गर्दछु ।

३. बजार तथा गाउँ घरमा यो रोग नियन्त्रण गर्नकालागी सबैभन्दा पहिला बिदेश बाट आएका र सङ्कास्पद बिरामिहरुलाइ क्वारन्टाईन्मा राखने उपभोग्य समान किन्न जादा WHO को सुझाव अनुसार कम्तीमा ३फिटको दूरी कायम गरि बस्ने ब्यवस्था कडाइसाथ लागु गराउने साथै धेरै भन्दा धेरै मानिसहरुको स्वास्थ्य परिक्षण गर्ने प्रबन्ध मिलाउने।

४. पोखरामानै कोरोना भाइरस परीक्षण गर्नको लागी तत्काल रहि आएको अस्पताल बाटनै आवस्यक इक्विप्मेन्ट ब्यवस्था गरि सुचारु गर्ने ।

५. प्रदेश भरिका मज्दूरहरुलाइ खान र बस्न सक्ने गरि आर्थिक प्याकेजको घोषणा गर्ने ।

६. किसानहरुलाइ कृषिउपज बजारसम्म ल्याउन र उपभोक्तालाइ सहजरूपमा उपभोग्य बस्तु उपलब्ध गराइ कालोबजारको रोकथाम गरि निमुखा किसानहरुलाइ राहत प्याकेज घोषणा गर्ने ।

७. उध्योग धन्दा र ब्यापारि वर्गमा पर्न गएको मर्कालाइ गहन रुपमा अध्यन गरि राहत प्याकेज घोषणा गर्न प्रदेश सरकार तदारुकताका साथ अगाडि बढी प्रदेशका जनताहरुको हालको अवस्थालाइ नियन्त्रण गर्न हामी नेपाली कांग्रेस पार्टी संसदीय दल सधै गण्डकी प्रदेश सरकारको साथमा रहेको जानकारी गराउन चाहन्छु। यो बिसम घडीमा सबै मिलि अहिलेको स्वास्थय युद्धलाइ जित्न जरुरी छ। प्रदेशको जनतालाइ जोगाइ गण्डकी प्रदेशको शिर उचा बनाउन हामि सधै तपाईंको साथमा छौ। जय नेपाल । 

मेखलाल श्रेष्ठ, 
नेपाली कांग्रेस संसदीय दलको उपनेता।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ