एजेन्सी । टम क्रूज हलिउडका चर्चीत अभिनेता हुन् । हलिउडमा जो कसैले अभिनय गर्न पाउनु चानचुने कुरा होइन । हलिउडमा बलिउडका चर्चीत अभिनेत्रीहरुले पनि अभिनय गरिसकेका छन् । जसमा दीपिका पादुकोणले एक्सएक्सएक्स र प्रियंका चोपडाले वेवाच् मा अभिनय गरेका छन् । अब यस्तै अबसर पाउने भएकी छन् - हुमा कुरैशीले ।
हिन्दुस्तान टाइम्सका अनुसार कुरैशीका प्रवक्ताले दिएको बयानमा हलिउड चलचित्रको लागि हुमाको अडिशन गराइएको छ ।सो अडिशन चलचित्र 'द मम्मी' को चौथो फ्रैन्चाइज हो । यसमा टम क्रूज़ र सोफिया बाउटेला जस्ता हलिउडका 'ए ग्रेटका स्टार्स' रहनेछन् ।
टाइम्सका अनुसार हुमाको अडिशन टम क्रूज़को मुख्य विपरित भुमिकाको लागि गराइएको हो । हुमा यस समय चलचित्र 'ओकुलस' को हिन्दी रिमेकको सुटिङ्गमा व्यस्त छिन् । सो चलचित्रमा हुमाका भाई साकिब सलीम पनि एक मुख्य भुमिकामा रहेका छन् ।