arrow

सन्दर्भ लकडाउन : सुरक्षाकर्मी भन्छन्- सरकार हाम्रो शरिरलाई स्टिल वडी नसम्झ

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १६ आइतबार
rupandehi-traffic.jpg

रुपन्देही । सरकारले नेपाललाई लकडाउन गरेको आज ठिक छैठौं दिन पुगेको छ । न त शहरमा मानिसहरुको कोलाहाल छ न त गाउँमा । जताततै कोरोना कोरोना मानिसहरुको हिजो आज यही नै विहान देखि वेलुकासम्मको कुरा गर्ने खुराक वन्न पुगेको छ । यती मात्रै होईन सवैजना आ–आफ्नो एकान्त वासमा आफ्ना दैनिकीहरु विताउन वाध्य भएका छन् ।

करिव ३ महिना अघि चिनको वुहान शहर वाट उब्जिएको कोरोना भाईरस (कोभिड–१९) अहिले विश्वका अधिकांश देश लगायत नागरिकहरुलाई थिलथिलो वनाएको छ । सो भाईरसका कारण चीनमा धेरैको ज्यान लिईसकेको छ भने अन्य देशहरुको पनि हालत त्यस्तै वनेको र अहिले उक्त भाईरस अहिले चीन भन्दा वाहिरका देशहरुमा सक्रिय हुँदै गएको पाईएको छ । 

जसका कारण विकसित देशहरु अमेरिका, स्पेन, रसिया, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, वेलायत हुँदै छिमेकी देश भारतमा समेत यसको प्रभावले केही मानिसहरुको मृत्यु भएपछि उक्त भाईरसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै नेपाललाई चैत ११ गते देखि १८ गते वेलुका सम्म सरकारले लकडाउन गरेको घोषणा गरेको थियो । सो अवधिभर मानिसहरु अत्यावश्यक काम भन्दा वाहिर निस्किन नपाउने भनी सरकारले सवैमा आह्वान गर्दै आएको छ ।

सरकारले यो भाईरस मानिसहरुको स्वास, र्‍याल र थुक वाट सर्ने भएकाले मानिसहरुको जमघट तथा भेटघाट नहोस् र त्यस्ता संक्रमित मानिसहरुको मिलनले धेरै मानिसहरुको ज्यान जाने भएकाले त्यसलाई मध्यनजर गर्दै, सरकारले लकडाउनको घोषणा गरेको हो । तर विडम्वना, दिनभर सडकमा खटिएका सुरक्षाकर्मीहरुको अवस्था अत्यन्तै नाजुक रहेको छ । सरकारले कोही कसैसंग भेट नगर्ने भन्ने भनाई सुरक्षाकर्मीहरुका लागि विना स्वास्थ्य सुरक्षा संयन्त्र भएकाले उनिहरुको स्वास्थ्य अवस्था वारे केही प्रश्न चिन्ह खडा भएको छ ।

यसै सन्दर्भमा आईतवार (आज) बुटवल स्थित पुर्वपश्चिम राजमार्गमा खटिएका सुरक्षाकर्मीहरुले भने सरकार के हाम्रो शरिर स्टिल वडी हो । उनीहरुले सरकारलाई प्रश्न गर्दै भने महामारी र भाईरसले कोही कसैलाई नछोड्ने भन्दै सडकमा खटिदा धेरै मानिसहरुसंग मिल्नुपर्ने भएकाले आफ्नो स्वास्थ्य सुरक्षाका वारेमा पनि ध्यान दिन सरकारसंग माग गरेका छन् । 

यस्तै साही क्रममा एक सिपाहीले भने आफुहरु महामारी भाईरसँग नाङ्गो शरिर लिएर मैदानमा उत्रिएको वताए । उनले भने देशमा दिन प्रतिदिन कोरोना संक्रमणका विरामीहरु फेला परिरहेकाले ज्यानलाई जोखिममा राखेर नागरिकहरुको सुरक्षामा खटिरहँदा कहिलेकाँही निकै डर लाग्ने गरेको वताए । साथै उनले सरकारले सुरक्षाका लागि आफुहरुलाई पञ्जा, ग्लोव्स र मास्क मात्रै दिएर नभई (पीपीई) दिनुपर्ने माग गरे । यसैविच आफ्नो सुरक्षाका लागि शसस्त्र प्रहरी वल (एपिएफ) का केही जवानहरुले मास्क र ग्लोव्स आफै किनेर लगाउनु परेको पनि दुखेसो पाखेका छन् । यो समयमा सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीहरु निकै जटिल अवस्थामा रहेको पाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ