arrow

सशांकपछी किन जाँदै छन् रामचन्द्र अमेरिका ?

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
Ramchandra-Poudel-11.jpg.jpeg
काठमाडौं। कांग्रेस नेताहरु एकपछि अर्को गर्दै अमेरिका दौडाहामा लागेका छन् । दुई दिन अघि मात्रै कांग्रेस महामन्त्री सशांक कोइराला अमेरिका गएकामा सोमबार साँझ बरिष्ठ नेता रामचन्द्र पौडेल अमेरिका जाँदैछन्। पौडेल साँझ ७ः२५ बजे फ्लाई दुवईको विमानमार्फत अमेरिका उड्न लागेका हुन्। पौडेलको अमेरिका बसाई तीन साता लामो हुने उनका सहयोगि चिरन्जिवी अधिकारीले जानकारी दिए । 
 
अधिकारीका अनुसार पौडेलको पारिवारीक भेटघाट र कार्यकर्ता भेटघाटको कार्यक्रम छ। मुख्य गरेर पौडेलले पारिवारिक भेटघाट गर्ने र केही दिन फ्रेस हुन निधो गरेको बताइएको छ। पौडेलले फ्लोरिडामा रहेकी छोरी अनुज्ञा चटौतलाई भेट्ने छन्।  कुटनीतिक भेटघाट भने नरहेको बताइएको छ। यस्तै, दुई साता लामो अमेरिका भ्रमणमा रहेका महामन्त्री सशांक कोइरालाले पार्टी कार्यकर्ताहरुसंगको भेटमा आफु हिन्दु भएकाले नेपाल हिन्दु राज्य नै हुने पर्ने धारणा राखेका छन् ।  उनले लामो समयदेखि विवादमा रहेको जनसम्पर्क समितिको विवादलाई पनि मिलाउने प्रयास गरेका छन्। 
 
काँग्रेसको महाधिवेशन यता जनसम्पर्क समिति अमेरिकामा महाधिवेशन प्रतिनिधीको विषयमा विवाद हुँदा एकले अर्कालाई निषेध गर्दै आएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ