arrow

कोरोना जाँचको उचित प्रबन्ध गर्न प्रदेश ५ कांग्रेस संसदीय दलको माग

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
nepali-congress-flag.jpg.jpeg

रुपन्देही। नेपाली कांग्रेस प्रदेशसभा संसदीय दल प्रदेश ५ ले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्रीहरूको अविलम्ब व्यवस्था गर्नुको साथै उनीहरुको जीवन बिमा समेत गरिदिन प्रदेश सरकारसँग माग गरेको छ । 

संसदीय दलका कार्यवाहक नेता विरेन्द्र कुमार कानोडियाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई कोरोना भाइरसविरुद्धको अभियानमा तिब्रताका साथ लाग्न आग्रह गर्दै औषधि र स्वास्थ्यसम्बन्धी उपकरणहरू प्रदेशका सबै जिल्लामा पुर्‍याउन आग्रह गरेका छन् । साथै उनले प्रतिपक्ष दल नेपाली काङ्ग्रेस सरकारलाई पुर्ण साथ दिन तैयार रहेको  बताएका छन ।

नेता कानोडियाले शनिबार मुख्यमन्त्री पोखरेललाई फोन गरेर प्रदेश ५ का सबै जिल्लाहरूमा कोरोनाविरुद्धको उपचारमा चिकित्सकहरूलाई आवश्यक पर्ने सबै सामग्रीहरू उपलब्ध गराउन र स्वास्थ्यकर्मीहरुको एक करोडसम्मको जीवन बिमा गरि उनिहरुको मनोबल उच्च राख्न आग्रह गरेका हुन।

कनोडियाले प्रदेश ५ का सबै जिल्लाहरूमा कोरोना भाइरसको संक्रमणको नमूना परीक्षणको व्यवस्था गर्न पनि मुख्यमन्त्री पोखरेलसँग आग्रह गरेका थिए ।

कनोडियाले सरकारी एवम् उधोग वाणिज्य संघ मार्फत सुरक्षात्मक उपायसहितका अनलाइन र सहुलियत घुम्ती सेवाको व्यवस्था गर्न समेत  सरकारलाई सुझाव दिए । 

लकडाउनका कारण अति निम्न वर्गलाई दैनिक गुजारा चलाउन समस्या परेको भन्दै कनोडियाले प्रदेश र स्थानिय सरकारले समन्वय गरि जनतालाई राहतका कार्यक्रम ल्याउन पनि आग्रह गरेका छन् । 

कनोडियाले स्थानीय तहले कोरोना भाइरसको संक्रमण रोक्ने विषयमा जिम्मेवारी बोध गरेर काम गर्न आग्रह गरेका छन् । जवाफमा मुख्यमन्त्री पोखरेलले आइतबार सबै जिल्लामा कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने सामग्री पठाउइने आश्वासन दिएको कनोडियाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ