कोरोना परिक्षण ल्याब केन्द्र चितवनमा राख्न कांग्रेसको माग
प्रकाशित २०७६ चैत १६ आइतबार
698
Shares
चितवन । नेपाली कांग्रेस चितवनले जिल्लामा कोरोना भाईरस (कोभिड १९) परिक्षण प्रयोगशाला केन्द्र स्थापना गर्न माग गरेको छ । उपत्यका पछिको मेडीकल हबको रुपमा बिकास भईरहेको यस जिल्ला सहित १५–२० वटा जिल्लाका बिरामीहरुले उपचार गराउने भन्दै कांग्रेसले प्रयोगशाला चितवनमा राख्न माग गरेको हो ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्धारा आइतबार जारी बिज्ञप्तिमा आबश्यक चिकित्सकहरु त्था सुबिधा सम्पन्न अस्पतालहरुको समेत पहुच रहेको चितवनमा संघिय सरकारले तत्काल केन्द्र स्थापना गर्नुपर्ने उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ “सत्तासीन पार्टीका प्रभाबशाली नेताहरुले भरिपूर्ण यस जिल्लामा सम्पूर्ण तथ्यहरुले कोरोना परिक्षण ल्याव केन्द्र स्थापना गर्न उपयुक्त अबस्था हुदाँहुदै उक्त ल्याब केन्द्र निर्माण हुन नसकेमा आँफैमा लज्जाको बिषय समेत बन्न जाने यसै बिज्ञप्ति मार्फत ध्यार्नाकर्षण गर्न चाहान्छौ ।”
सरकारले देशका बिभिन्न स्थानमा कोरोना परिक्षण ल्याब केन्द्र स्थापना गर्ने तयारी गरिरहेको छ । सरकारले सो तयारी गरिरहँदा जिल्लामा केन्द राख्न काङ््ग्रेसले माग गरेको हो ।