arrow

दिदीले वदनियतपूर्वक बहिनीको घर फोडिन् ।

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
kalwar-jhagada.jpg.jpeg
वीरगंज । वीरगंज उपमहानगरपालिका –९ कुम्हाल टोलमा बस्ने राधा देवी साहको घर आफनै सहोदर दिदी राधिका कुमारी कल्वारले रकम चलखेल गरेर उप महानगरपालिकाको केही कर्मचारी र अन्य व्यक्तीहरु प्रिचालन गरी दिउँसै तोडफोड गरेकी छन् । वैशाख १० गते दिउँसो २ बजे तोडफोड गरेको पीडितले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी छन् । 
 
उनले भनेकी छन्, ‘सो जग्गा मेरो बुबाले दिइएको बक्स पत्रको किता नं.१४६ मा रहेको पुरानो घरमा म र मेरा परिवारहरु बस्दै आएका छौं ।’ दिदी राधिकाले पछि वदनियतपूर्वक बीरगंज उपमहानगरपालिका कार्यालयमा उजुरी दिएको र उपमहानगरपालिकाले समेत आफुलाई पूर्व जानकारी नगराएको जानकारी राधाले दिइन् ।
 
उनले पत्रकार सम्मेलनमा भनिन्, ‘उपमहानगरपालिकाका शम्भु, रामअवतार भन्ने कर्मचारी र विपक्षी राधिका कुमारी कलवार, सत्यनारायण साह कलवार, आकाश कुमार, खुश्बु कुमारी,  हिरालाल सर्राफ, प्रकाश सर्राफले एक्कासी मेरो घरमा लोग्ने मानिस नभएको मौका छोपी घरभित्रै प्रवेष गरेर मेरी जेठी सुत्केरी छोरी पुनम कुमारीलाई धकेले । छोरीले हातमा बोकेको मोबाईल, घरको टप, कोठाको पर्खाल लगायत तोडफोड गरी क्षति गरे ।’ 
 
२०७० पौष २८ गते मालपोत कार्यालय पर्साको प्राङ्गणमा बसी बुबाले मेरो कान्छी छोरी राधा देवी साहले म बुबालाई खान, लाउन, औषधि उपचार लगायतका सेवा टहल गरेको र म मरे पछि मेरो दाहसंस्कार लगायतका कर्मकाण्ड गरे बापत मेरो नाममा रहेको वीरगंज उपमहानगरपालिका वडा नं. ९ कुम्हाल टोलमा रहेको किता नं. १४६ र ५८ को ज.बि. शेष पछिको बक्स पत्र गरिदिनु भएको हो –राधाले भनेकी छन् । 
 
दुई बर्ष पश्चात बुबा कलवारको २०७२ पुस १६मा निधन भएपछि २०७२ फागुन ६ गते मालपोत कार्यालय पर्साबाट शेष बक्स दाखिला भई आफ्नो नाममा जग्गाको लाल पुर्जा बनेको उनले बताएकी छन् ।  त्यसपछि दिदी राधिका कुमारी कलवारले कान्छी बहिनी राधा देवीलाई ललाई फकाई किता नं.५८ को ज.बि.२०७२ फागुन ११ गते आफनो नाममा मालपोत कार्यालय पर्साबाट रजिष्ट्रेशन पास गराउन सफल भइन् । पूर्व सुचना नदिई घरमा क्षति गर्ने उपमहानगरपालिकाका दुई कर्मचारीलाई विभागिय कार्यबाहीका साथै विपक्षी र अन्य व्यक्तिलाई कडा कारबाही तथा क्षतिपुर्तिको माग गर्दै राधाले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ