arrow

लकडाउन : जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ घरबाटै

सुनसान बने गंगासागर, धनुषसागर, अरगजासर

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७६ चैत १७ सोमबार
jalasaya.jpg

जनकपुर । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वका सबै विधि यसपाली घरघरमै सम्पन्न गरिँदै छ । छ्ठ पर्वमा सोमबार नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने विधि घरघरै गरिने तयारी गरिएको छ ।

पर्वको मुख्य दिन सोमबार निराहार ब्रत बसेर साँझ अस्ताउँदा सूर्यलाई अर्घ दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरिने तयारीमा छ  । 

सोमबार चैत्री छठको दिनमा विहानै देखि जनकपुरको धार्मिक सरोवरहरु छठको गितले वातावरण छठमय हुन्थ्यो । तर विश्वभरि फैलिएको कोरोना संक्रमण र सरकारले गरेको लकडाउनमा जनकपुर बजार सुनसान मात्र हैन छठ हुने गंगासागर , धनुषसागर , अरगजासर, लगायत समेत सुनसान बनेका छन । पर्वमा सोमबार नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई अर्घ दिने विधि घरघरै गरिने भएको हो ।

पर्वको मुख्य दिन सोमबार निराहार ब्रत बसेर साँझ अस्ताउँदा सूर्यलाई अर्घ दिने विधि ‘सझुका–अरख’ सम्पन्न हुन्छ । पर्वकै बेला संसारभरि नै कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास छाएको हुँदा सरकारले यसको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ जारी गरेको बेला पर्वका विधि क्वारेन्टाइनमा रहँदै घरघरै सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले जानकारी दिए।

 सूर्यदेबको उपासना गरिने यो पर्व उमङ्ग र उल्लासमय वातावरणमा मनाइने परम्परा रहँदै आएपनि यसपाली कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनभित्रै घरकै धारामा स्नान र अर्घ दिइने बताए ।

छठमा पवित्र जलाशयमा घाट सजाउने मैथिल परम्परा यसपाली ‘लकडाउन’ले नहुने भएको छ । सोमबार अस्ताउँदा सूर्यलाई अर्घ दिएर मंगलबार सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि पर्व सम्पन्न गरिने छन ।

यसअघि पर्वको पहिलो दिन गत शनिबार ‘नहाय–खाय’, दोश्रो दिन आइतबार दिनभरि उपवास बसेर राती सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि ब्रतालुले सम्पन्न गरिसकेका छन् । शरद र बसन्त ऋतुमा गरि वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व रहेका हुन् ।
 
शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र बसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । छठ पर्वमा ठकुवा, भुसुवा सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरि र अन्य फलफूल तथा दहीसहितका सामग्री ब्रतालुले अर्घका बेला सूर्यतर्फ देखाउने गर्छन् । 

धनुषा का सिडियो कोषहरि निरौला का अनुसार विश्वकै मानवजातीका लागि यो संकट नयाँ अनुभव रहेकाले विभिन्न बाध्यात्मक स्थितीको अवस्था सृजना भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ