arrow

बुटवलको आईसोलेसनमा मृत्यु भएका थापाको स्वाव परिक्षणमा देखिएन कोरोना, मृत्युको कारण खुल्न बाँकी

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १७ सोमबार
butwal-corona-hospital.jpg

बुटवल। चैत १३ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना गरिएका बाबुराम थापाको मृत्यु भएपछि सामाजिक सञ्जालमा अहिले विभिन्न टिकाटिप्पणी हुन थालेको छ । थापालाई चैत १३ गते कोरोना भाइरसको आशंकामा बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

थापाको आईतवार कोरोना विशेष अस्पतालमा मृत्यु भएकै विहान थ्रोट स्वाव परिक्षणका लागि काठमाण्डौं पठाइएको थियो । सामाजिक सञ्जालमा कोरोना भाईरसको आशंकित भन्दै चैत १३ गते भर्ना गरिएका व्यक्तिको ढीलो गरि चैत १६ गते विहान मात्रै किन थ्रोट स्वाव परिक्षण्का लागि पठाईयो भन्ने प्रश्न समेत अहिले उठ्न थालेको छ । 

कोभिड–१९ को संक्रमण भएको आशंकामा थापालाई आईसोलेसनमा राखेर उपचार गर्न खोज्नु अस्पतालको राम्रो कार्य रहेको सराहना भएपनि उनको स्वाव परिक्षण गर्न किन ढिला गरिएको हो भन्ने कुरा चासोको विषय वन्न पुगेको छ ।

वैदेशिक रोजगारीमा गएका पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ५ कुसुमखोला स्थायी घर भई हाल रुपन्देहीको सैनामैनामा वस्दै आएका बाबुराम थापा चैत ६ गते दुबईबाट घर आएका थिए। उनी घरमा आएसँगै ज्वरो आएपछि उनी चैत ८ गते रुपन्देहीको मुर्गियामा रहेको एक मेडिकलमा गएर चेकजाँच गराएका थिए। उनलाई त्यहाँ चेक गराउँदा टाईफाईड भएको र त्यसै अनुसार औषधी चलाईए पछि उनी घरमै औषधी सेवन गरेर आराम गरिरहेका थिए। 

उनलाई ज्वरो आउन नछाडेपछि छिमेकीको सल्लाह अनुसार थप उपचारका लागि स्वास्थ्य चौकी गएको र स्वास्थ्य चौकीले उनलाई कोरोना भाइरसको आशंका गर्दै आईसोलेसन रहेर उपचार गर्न सल्लाह दिएपछि उनी आईसोलेसन उपचारको खोजीमा बुटवलमा रहेको कोरोना विशेष अस्पताल पुगेका थिए । 

यसैविच अहिले थापाको मृत्यु भएपछि मृतकका घरपरिवारलाई कोरोना संक्रमणका कारण मृत्यु भएको हुन सक्ने भन्दै भाइरस सर्ने डरले परिवालाई सान्त्वना दिन कोही पनि नजिक नआउने गरेको उनकी श्रीमती सीता थापाले वताईन् । मृतक थापाका एक श्रीमती र २ वटा छोराहरु छन्। अभिभावक गुमाउन पुग्दा अहिले थापा परिवार शोकमा छ।  

यता आईतवार कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएका थापाको शवलाई लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको । शवलाई सोमबार परिवारलाई जिम्मा लगाईने विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ