arrow

अमेरिकाबाट शशाङ्कले भने, ' मधेसको माग काँग्रेसले सम्बोधन गर्छ'

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
Thumbnails1_sasanka-koirala.jpg.jpeg
वासिङटन डिसी। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मधेसको माग काँग्रेसले सम्बोधन गर्ने बताएका छन् । अमेरिका भ्रमणमा रहेका कोइरालाले आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाले गरेको कार्यक्रममा काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अडानका कारण संविधान जारी भएको सुनाउदै मधेसको माग काँग्रेसले सम्बोधन गर्ने बताएका हुन् ।  सातदशक लामो अथक प्रयासबाट संविधान जारी भएकामा  खुसी  छु, कोइरालाले भने – 'अब संविधान आएको छ । यसको कार्यान्वयन गर्ने जिम्मा हामीहरुको हो ।' 
 
महामन्त्री कोइरालाले तेह्रौँ महाधिवेशनले काँग्रेसमा ६० र ४० को भागबण्डा अन्त्य गरिदिएको जिकिर गरे । कोइरालाले पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्दै प्रविधि मैत्री ढाँचामा अघि बढाउनुपर्नेमा जोड दिँदै भने, – 'अब हरेक गाविसलाई सूचना सञ्जालबाट जोड्न सक्दो प्रयत्न गर्नेछु ।' 
 
सरकार परिवर्तनको विषयमा टिप्पणी गर्दै कोइरालाले आफुहरु सरकार परिवर्तनको पक्षमा नरहेको बताए । यद्यपि देशमा  व्याप्त कालोबजारी, भूकम्पपीडितको मर्का र दातृनिकाय मार्फत सङ्कलित रकमको उपयोगविहीनताले सरकारको नैतिक आधार गुमिसकेको बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ