arrow

पूर्व राज्यमन्त्री खड्काद्वारा एक महिनाको घरभाडा छुट

logo
नारायण रिजाल,
प्रकाशित २०७६ चैत १७ सोमबार
Champa_(3).jpg

बागलुङ । पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेकी छिन् ।  खड्काले बागलुङ नगरपालिका—२ मा रहेको आफ्नो घरमा भाडामा बस्नेहरुको एक महिना बराबरको करिब १ लाख ८० हजार रुपैयाँ भाडा छुट गर्ने घोषणा गरेकी हुन् । 

कोरोना भाईरसका (कोभिड–१९) का कारण विश्व नै ठप्प भएको बेला नेपालमा पनि लकडाउन भएको छ । यो विषम परिस्थितिमा मानव जाति नै संकटमा रहेको बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर उद्देश्यले आफुले घर भाडा छुट गर्ने निर्णय गरेको खड्काले बताईन । कोरोनाले अहिले विश्वव्यापी ठप्प बनाएको छ । सुरक्षाका लागि नेपाल पनि लक डाउन गरिएको छ । यो बेला भाडामा बसेका व्यापारीको व्यवसाय ठप्प छ खड्काले भनिन् म र हाम्रो परिवारले हाम्रो घरमा भाडामा बस्ने तथा व्यापार गर्ने सवैका लागि महिनाको भाडा छुट दिने निर्णय गरेकी छु ।’ यस्तै निर्णय अन्य घरबेटीबाट पनि आएमा आम सर्वसाधारण मर्कामा पर्ने थिएनन् ।  

हाल अमेरिकामा रहेकी खड्काले भान्जा अर्जुन घिमिरे मार्फत एक महिनाको घरभाडा छुट दिने भाडामा बस्दै आएकालाई जानकारी गराएकी हुन । भान्जा अर्जुनले घरमा बस्ने सवैलाई घरभाडा छुट भएको जानकारी गराईदिएको बताए । 

संविधानसभा निर्वाचन २०७० मा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित तत्कालिन संविधान सभा सदस्य स्वर्गीय हरिबहादुर खड्काको सडक दुर्घटनामा असामयिक निधन भएपछि उनकी धर्मपत्नी चम्पा खड्का राजनीतिमा प्रवेश गरेकी हुन् । श्रीमानको स्वर्गारोहण पछिको रिक्त स्थानमा भएको उपनिर्वाचनमा निर्वाचित भएपछि खड्का पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा गरिबी निवारण तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी समोलेकी थिईन । 

खड्का अहिले नेपाली काँग्रेसको महासमिति सदस्य छिन् । उनका दुई भाई छोराहरु डा. सुदिप खड्का र सुमिस खड्का अमेरिकामा रहेकाले पारिवारिक भेटघाटका लागि उनी अमेरिका गएकी हुन् । जेठो छोरा डा. सुदिप चर्चित ईबोला भाईरको औषधी पत्ता लगाउने टिममा रहेका एक मात्र नेपाली वैज्ञानिक हुन् । अमेरिकाको उपल्लो तहको प्रयोगशालामा अनुसन्धान गर्ने खड्काको टोली अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको उपचार पद्धतिको खोज अनुसन्धानमा जुटेको छ । कोरोना संक्रमको महामारी रोक्नका लागि लक डाउनको घोषणा गरेपछि बागलुङ उद्योग वाणिज्य संघले लक डाउन अवधिको घरभाडा छुट गर्ने बागलुङका घरधनिहरुलाई आग्रह गरेका थियो । 

युवा व्यवसायी खड्काले पनि घरभाडा छुट दिए 
त्यसैगरी युवा व्यवसायी कुमार खड्काले पनि एक महिनाको आफ्नो घरको भाडा छुट गरेका छन । उनले आफ्नो बानपा–३ मा रहेको घर र केही छाप्राको एक लाख बराबरको घरभाडा छुट गरेको बताएका छन । उनले काठमाडौमा रहेको आफ्नो घरको पनि भाडा मिनाह गर्ने बताएका छन । उनी जिल्लाका एक सफल व्यवसायी हुन । उद्योग वाणिज्य संघको आग्रह अनुसार यस अघिनै सामाजि व्यक्तित्व कृष्णशंकर श्रेष्ठले पनि आफ्नो घरभाडा छुटको घोषणा गरिसकेका थिए । 

उनले आफ्नो घरमा रहेको रेष्टुरेण्ट र अन्य छाप्राहरुको मासिक ५० हजार बराबरको भाडा छुट गरेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले जानकारी दिए ।  यो विपदको समयमा आफ्नो आफ्नो तर्फबाट सहयोग गरेमा पक्कै पनि समाना गर्न सहज हुने थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ