arrow

कांग्रेसद्वारा हरिवनको प्रकोप कोषमा ५१ हजार 

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार
nepali-congress-flag.jpg.jpeg

हरिवन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण आईपरेको विपद्मा खर्च गर्न लागि हरिवन नगरपालिका कार्यालयले स्थापना गरेको नगर प्रकोप व्यवस्थापन कोषमा नेपाली कांग्रेस हरिवन नगर समितिले पनि नगद सहयोग गर्ने भएको छ ।

नेपाली कांग्रेस हरिवन नगर समितिले कोषमा ५१ हजार रुपैंया जम्मा गर्ने निर्णय भएको सचिव निरोज कार्कीले जानकारी दिए ।

‘आज मेयरज्यूलाई जानकारी गराईसकेका छौं’, सचिव कार्कीले सोमबार भने,  ‘भोली खाता खोलिने जानकारी आएको छ, खाता खुल्ने वित्तिकै ५१ हजार रुपैयाँ जम्मा गरिदिने छौं ।’ 

कोरोना भाईरसको संक्रमणका कारण आईपरेको विपतीको घडीमा राजनैतिक आग्रह पुर्वाग्रह भन्दापनि सबै दलहरु मिलेर अगाडी बढ्नुपर्ने आवश्कतालाई मध्यनजर गर्दै थोरै भएपनि नगर प्रकोप व्यवस्थापन कोषमा सहयोग गरिएको कार्कीले जानकारी दिए । कांग्रेस हरिवनले कोषको रकम सही ठाउँमा सदुपयोग हुनेमा समेत विश्वास व्यक्त गरेको छ ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले नेपाली कांग्रेस हरिवन नगर समितिले कोषमा ५१ हजार रुपैंया सहयोग गर्ने जानकारी आफूलाई गराएको बताए । 

‘आज कांग्रेसका साथीहरुले कोषमा ५१ हजार रुपैंया जम्मा गर्ने जानकारी गराउनु भएको छ’, मेयर प्रसाईंले भने, ‘कोरोना भाईरसको संक्रमणका कारण आईपरेको विपदको यसघडीमा प्रमुख विपक्षी पार्टीबाट नगरपालिकाको कोषमा सहयोग घोषणा हुनु सह्रानीय एवं उदाहरणीय कार्य हो ।’

मेयर प्रसाईंका अनुसार कोषमा यसअघि नै ईन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाबाट ५ लाख, सर्लाही ट्रक व्यवसायी संघ ५१ हजार, जय सन्तोषिमा महिला समूह ११ हजार ११५, ईन्दुशंकर चिनी उद्योगका शशिभुषण अग्रवाल ११ हजार, ७६ वर्षीय वृद्धा महालक्ष्मी मैनालीबाट २ हजार ११५ रुपैंया सहयोग घोषणा भईसकेको छ । 

मेयर प्रसाईंले गत शुक्रबार नगरबासीहरुमा अपिलसहित सम्बोधनका क्रममा उक्त कोष स्थापनाको घोषणा गरेका थिए । नगरपालिका कार्यालयले ११ लाख रुपैंया, मेयर प्रसाईं र उपमेयर रेणुका पौडेलले ५०–५० हजार, वडाध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक, कर्मचारीले एक दिनको तलबबाट कोषको सुरुवात गरिएको हो ।

कोषमा जम्मा हुने रकम कोरोना भाईरस संक्रमणका कारण आईपरेको विपद् व्यवस्थापनमा खर्च गरिने मेयर प्रसाईंले जानकारी दिए ।

‘विशेषगरी कोषको रकम लकडाउनका कारण निकै कठिनाई झेल्दै आएका दैनिक काम गरेर छाक टार्नुपर्ने परिवारलाई खर्च गरिने छ’, मेयर प्रसाईंले आग्रह गरे, ‘विपद्को सामना गर्नका लागि खर्च हुने कोषमा सबै पक्ष, तह र तप्काले यथाशक्य सहयोग गर्न समेत अनुरोध गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ