- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । भारतीय एसएसबीले ट्याक्टरमा राखेर छोटी नाकाबाट नेपाल पठाइदिएपछि अलपत्र परेका नेपालीहरुलाई नेपालगञ्जको जयसपुरस्थित सुख्खा बन्दरगाह क्षेत्रमा राखिएको छ ।
नाकामा फसेका नेपालीहरुलाई नेपाली सुरक्षा अधिकारीसँग समन्वय नै नगरी भारतीय एसएसबीले छोटी नाकाबाट नेपाल पठाइदिएपछि १ सय ७८ जना नेपाली अलपत्र परेका थिए ।
छोटी नाका जयसपुरबाट भित्रिएका उनीहरुलाई सुख्खा बन्दरगाहको जमिनमा पाल टाँगेर बसाइएको छ । अहिले खानाको व्यवस्थापन भइरहेको बाँके प्रहरीले जनाएको छ ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर ओलीले नाकामा फसेका नेपालीलाई ल्याउन समन्वय भइरहँदा छोटी नाकाबाट भित्रिएको बताए । उनले सबैलाई एकै ठाउँमा राखेर लगत लिने काम भइरहेको उल्लेख गर्दै अब कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको बताए।
‘यहीँ राख्ने हुन्छ वा उनीहरुलाई सम्वन्धित जिल्लामा पठाउने हुन्छ, त्यसबारेमा छलफल भइरहेको छ,’ प्रहरी उपरिक्षक ओलीले बताए।