arrow

वेलहिया नाकामा अलपत्र नेपालीको उद्धार गर्न माथिको आदेश कुर्दै प्रशासन

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १८ मंगलबार
naka1.jpg

रुपन्देही। सोमबार वसेको प्रदेश नं.५ मन्त्री परिषद्को वैठकमा सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई समुह बनाएर नेपाल ल्याइने निर्णय गरेको एक दिन बितिसक्दा समेत उक्त निर्णय व्यवहारमा लागु हुन नसकेको पाइएको छ । 

प्रदेश ५ को मन्त्रीपरिषद् बैठकले सीमामा अलपत्र परेका नेपालीलाई समुह बनाएर नेपालमा ल्याउने बताए पनि नेपाल भारत सीमा नाका वेलहियामा हिजोदेखि भारतबाट नेपाल आउन लागेका नेपालीहरु अलपत्रमा परेका हुन् ।

सुनौलीमा भारतका विभिन्न स्थानबाट आएका झण्डै तीन सय नेपाली अलपत्र अवस्थामा परेका छन् । उनीहरुलाई भारतीय पक्षले खाना खुवाएर राखेको वताईएको छ । 

भारतमा लकडाउन भए पनि भारतको विभिन्न स्थानमा काम गर्ने नेपालीहरु आउने क्रम अहिलेसम्म रोकिएको छैन् । भोकभोकै रहेर कतिपय बिस्कुट र पानीकै भर परेर पैदल यात्रा गरी नेपालको सीमासम्मै आइपुग्दा पनि नेपाल प्रवेशको अनुमति नपाउँदा नाका पारी भारतमै वस्न वाध्य भएका छन् ।

मन्त्रीपरिषद बैठकले नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाई पठाउने व्यवस्था मिलाउने र उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखी सो अवधिभर खानपिनको व्यवस्था गर्न समेत निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिए ।

यसैविच बैठकले निर्माण क्षेत्रमा काम गर्ने मजदूरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्ने र यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने जस्ता निर्णय भएका थिए । तर, सीमामा रहेका नेपालीहरुको उद्धारको लागि अहिलेसम्म कुनै पहल नभएको पाईएको छ ।

यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले उनीहरु उतै र आफुहरु यतै रहेको भन्दै, उनीहरुलाई ल्याउने विषयमा कुनै पहल नभएको बताए। प्रमुख जिल्ला अधिकारी पन्थले प्रदेश मन्त्रीपरिषद् बैठकले गरेका निर्णयका विषयमा आफुहरुलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिए । सीमामा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने विषयमा कहीँकतै बाट सर्कुलर नआएको वताउँदै प्रमुख जिल्ला अधिकारी पन्थले भने सर्कुलर नआउँदासम्म जिल्लाबाट केही गर्न नसकिने जनाए।

दशगजामा अलपत्र पर्ने विभिन्न जिल्लाका रहेको सशस्त्र प्रहरी बल डण्डाका प्रहरी नायब उपरीक्षक मान बहादुर शाहीले जानकारी दिए। साथै उनका अनुसार अर्घाखाँचीका १ सय ३३, गुल्मीका ७१, रुपन्देहीका २२, कपिलवस्तुका १०, बाँकेका ८, धादिङका २ , बाराका १, प्यूठानका ४, पाल्पाका १५, तनहुँका ७, बाग्लुङका ४, चितवनका १९, पश्चिम नवलपरासीका १ र स्याङ्जाका एकजना रहेको रहेको वताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ