arrow

कसरी अछाम पुग्यो भारतीय प्रहरी जत्था ?

पन्जाबका डिएसपीले नेपाल आएर बुझे, राज्य संचालकविरुद्ध खनियो चन्द माओवादी

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
indian-police.jpg.jpeg
कैलाली । भारतीय नम्बर प्लेटको गाडीसहित पक्राउ परेका पाँच प्रहरीलाई पन्जाबका प्रहरी नायव उपरीक्षकले कैलाली आएर बुझेर लगेका छन् । पन्जाबको सङरुङ जिल्लाका प्रहरी अधिकारी गुर्मीत सिंहले कैलाली पुगेर पक्राउ परेको टोली बुझेका हुन् । सोझै अनुसन्धानका लागि नेपाल प्रवेश गर्न नपाउने भएपनि टोली एक अञ्चल कटेर अर्को अन्चल पुग्यो । 
 
प्राइभेट गाडीमा आएकाले आफुहरुले पर्यटकिय रुपमा आएको भन्दै खासै ख्याल नगरेको सुप क्षेत्रीय प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरिक्षक (डीआइजी) विजय भट्टले जानकारी दिए । भट्टले हाम्राकुरासंग भने, ‘पर्यटकिय हिसाबले जो सुकै आउन पाउँछ, तर, अनुसन्धानका लागि सोझै आउने प्रावधान छैन, आएपनि हामीसंग समन्वय गरेर आउनु पर्छ ।’ डीआइजी भट्टले पक्राउ परेकाहरु आइतबार साँझ कैलाली पुगेको र सोमबार उनीहरुकै डिएसपी आएर बुझेर लगेको सुनाए । 
 
भट्टले भने, ‘उनीहरु जानी बुझि आएकोबारे गाउँ पुगेर अनुसन्धान गर्न खोज्दा थाहा भएको र पक्राउ गरेका हौं ।’ उनीहरुले भन्सारमा राजश्व तिरेको पाइयो भने, यातायात व्यवस्था कार्यालयबाट नेपाल प्रवेशको अस्थाई अनुमति लिएको भेटियो । उनीहरु नेपाल आउनुको मनसाय पन्जाबमै भएको हत्याबारे अनुसन्धान गर्ने रहेको डिआइजी भट्टले बताए । उनीहरुसंग हतियार रहेको भन्नेबारे भने आफुलाई थाहा नभएको भट्टको भनाई छ । 
 
प्रहरीले पक्राउबारे कसैलाई सूचना दिन नमानेको चर्चा भइरहँदा पक्राउ गर्ने डोटी–अछाम सीमा चौखुट्टे प्रहरीचौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्काले पक्राउ पर्दा आफुले  अपजस पाएको सुनाए । कन्चनपुरको गौडाचौकी नाकाबाट करिब डेढ दर्जन चेक पोष्ट छिचोल्दै अछाम पुगेको टोलीलाई चौखुट्टै प्रहरी चौकीबाट खटिएका असई खड्का र हवल्दार तीर्थराज भाटले नियन्त्रणमा लिए । 
 
डोटी–अछाम सीमामा रहेको चौखुट्टे प्रहरी चौकी ब्योलमा रोक्न खोज्दा उनीहरु गाडी दौडाएर सात किलोमिटर टाढा अछामको सिउँडी गाविस पुगेका थिए । पक्राउ पर्नेमा इन्सपेक्टर रोशन लाल, सई सशि कपूर, असई जसपाल सिंह र दवल्दार द्वय सभास चन्द र जनरल सिंह छन् । उनीहरुको गाडी चालक समेत भातकै गंगादीप शर्मा थिए । भारतीय नम्बर प्लेटको बीपी १३ एच ००५९ नम्बरको गाडीमा उनीहरु अछाम सिउँडी –५ मटेनाका रामबहादुर साउँदलाई लिएर आएका थिए । 
 
 थिए । हाम्राकुरासंग चौखुट्टै प्रहरी चौकी इन्चार्ज खड्काले भने, ‘ती भारतीय सुरक्षाकर्मी सादा पोशाकमा रहेपनि बर्दी गाडीको भित्रै झुण्ड्याएका थिए । हतियार भने हामीले देखेनौं ।’ चौखुट्टे ब्यारेलमा भारतीय नम्बर प्लेटको गाडी देख्ने वित्तिकै आफुले रोक्न खोज्दा उनीहरु सिउँडीको बाटो हुँईकिएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयसंग समन्वय गर्दा पक्राउ गर्न भनिएपछि आफुहरु सिउँडी पुगेको खड्काको भनाई छ । 
 
राज्य संचालकविरुद्ध खनियो चन्द माओवादी 
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतीय नम्बर प्लेटको गाडी लिएर अछामको सिउँडी पुग्ने भारतीय प्रहरीको हर्कतको भत्सर्ना गरेको छ । माओवादीले सोमबार प्रेस विज्ञप्ती जारी गरी सो घटनाले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको र नेपाली स्वाभिमानमा चोट पुगेको उल्लेख गरेको छ । 
 
विज्ञप्तीमा भारतमा भएका हत्यामा संलग्न रहेको भन्दै अछामका नागरिकलाई पक्राउ गर्ने बहानावाजीमा  भारतीय प्रहरीको आधुनिक हतियारसहितको जत्था सीमाना क्रसगरी एउटा अञ्चलको भूगोल पार गरेर अर्को अञ्चल पुग्दा समेत राज्यको कुनै पनि निकायलाई जानकारी नहुनु र नदिनुले स्वाधीन राष्ट्र र स्वाभिमानी नेपाली जनताको निम्ति असह्य र अक्षम्य हो– भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ