arrow

लकडाउनपछि सभापोखरीमा रोकिएका पाँच पर्यटकको हेलिकप्टरबाट उद्धार

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
kailash-air.jpg

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रेबीसेबाट पाँच विदेशी पर्यटकको आज अपराह्न उद्धार गरिएको छ । 

मकालु हिमाल पदयात्राका लागि सङ्खुवासभा आएका ती पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि विभिन्न देशका  पर्यटक सभापोखरी गाउँपालिकामै रोकिएका थिए ।

 कैलाश एयरको हेलिकप्टरबाट अष्ट्रेलिया र क्यानडाका दुईदुई तथा  फ्रान्सका एक नागरिकलाई काठमाडौँ पठाइएको प्रहरी निरीक्षक राईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ