arrow

पाँचथरमा सामुदायिक वनको आगलागी गाउँ पस्यो

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७३ वैशाख १३ सोमबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। पाँचथरको विभिन्न स्थानमा भएको आगलागीबाट दुई दिनको अवधिमा ३५ लाख रुपैया वढीको क्षति भएको छ। स्याबरुम्बा सामुदायिक वनमा लागेको आगो वस्तीमा पस्दा आज जिल्लाको सुख्खाग्रस्त क्षेत्र स्याबरुम्बामा २ स्थित गंगा बोहोराको घरमा आगलागी भएको छ।
 
आगलागीबाट उनको दुई तले घर, अन्नपात, लत्ताकपडा भाडावर्तन लगायत सामाग्री पूर्ण रुपमा जलेर नष्ट हुँदा ८ लाख रुपैया वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
 
यसैगरी छिमेकी जितेन्द्र बोहोराको दुई तले घर पूर्ण रुपमा जलेर नष्ट हुँदा १ लाख रुपैया वरावरको क्षति भएको वताइएको छ। यस्तै विमल पौड्यालको गोठमा रहेको भाडावर्तन जलेर नष्ट हुँदा ३५ हजार रुपैया वरावरको क्षति भएको छ। यसैगरी जिल्लाको लुम्फाबुङ सामुदायिक वन, फिदिम ५ को थाक्ले सामुदायिक वन, अमरपुर र मौवाको सामुदायिक वनमा आगलागी भइरहेको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।
 
त्यस्तै आइतबार रानीगाउँ ७ वस्ने पूर्ण बहादुर खड्का, फिदिम ५ वस्ने प्रेम बहादुर तामाङको घर आगलागी हुँदा १७ लाख ३५ हजार वरावरको क्षति भएको प्रहरीले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ