arrow

उद्धारका नाममा गाउँमा हुल बाँधेर मान्छे नपठाउन जीवन बहादुर शाहीले गराए सचेत

कर्णाली सरकारलाई प्रमुख प्रतिपक्षी नेता शाहीको ११ बुँदे सुझाव

logo
जनकबहादुर शाही,
प्रकाशित २०७६ चैत १९ बुधबार
mantri-shahi.jpeg

हुम्ला। कोरोना भाईरसले बिश्वभरि सन्त्रास फैलाई रहेका बेला कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले कोभिड–१९ को संक्रमणको डरले सरकारले नै लकडाउन गरेका बेलामा कर्णालीका गाउँहरुमा उद्धारका नाउमा हुल बाँधेर मान्छे नपठाउन आग्रह गरेका छन्। 

बुधवार एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता शाहीले क्वारेन्टाइनमा राख्नु पर्ने मान्छलाई बिना तयारी शहरबाट हुलकाहुल कर्णालीका गाँउ पठाएकाले सबै ठाउँमा निराशा छाएको बताए।

भारत र नेपालका विभिन्न जिल्लाबाट आएर नेपालगञ्ज सुर्खेतमा अलपत्र परेका नागरिकलाई क्वारेन्टाईनमा राख्नुको सट्टा गाउँगाउँमा पठाएकाले जनताको शान्ती सुरक्षा र स्वास्थ्य सुरक्षित राख्न प्रदेशभरिका स्वास्थ्य संस्था र सडकमा रातदिन,भोक प्यास नभनि अहोरात्र खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल घटाउने काम गरेको आरोप लगाए।

नेता शाहीले प्रदेश सरकारले लकडाउन नीतिलाई कडाईका साथ लागु गर्दै जो जहाँ छन सोहि स्थानमा खाद्य,स्वास्थ्य सुरक्षा लगाएतका आधारभूत वस्तुको प्रबन्ध मिलाइ गाउँ गाउँमा प्रयाप्त स्वास्थ्य सामाग्री तथा उपकरणको ब्यवस्था गर्न माग गरेका छन्।

पूर्वमन्त्री समेत रहेका नेता शाहीले सरकारबाट हुने गलत हर्कतले कोभिड–१९ जस्तो महामारी नियन्त्रण प्रभावकारी ढंगले नहुने बताए। अहिले विकसित देशहरुसमेत कोभिड–१९ को महामारीबाट आक्रान्त बनेको बेला कर्णाली प्रदेश सरकारले यसलाई हल्का रूपमा नलिन उनले सुझाएका छन्।

बिश्वकै ठूलो चुनौतीका रूपमा देखा परेको कोरोना महामारीको नियन्त्रणका लागि प्रदेश सरकारले चालेका सकरात्मक कदमको स्वागत गरेका नेता शाहीले प्रदेश सरकारवाट हुदै आएका गतिविधीहरूप्रति आम नागरिकहरूमा वास्तविक सन्तुष्टिको अनुभूति नभएको बताए।

कोरोनाको नियन्त्रणका लागि सरकारी प्रयासहरू सम्पुर्ण नागरिकहरूको रक्षागर्नका लागि हुनु पर्नेमा विभेदकारी गतिविधीहरूले आम जनमानसमा सरकार भएको महशुस हुन नसकिरहेको बताए। मानवीय संकटको अवस्थामा सरकारी कोषलाई दुरूपयोग गरी ब्यक्ति प्रधान बन्ने आन्तरिक प्रतिष्पर्धामा प्रदेश सरकारका उच्च पदस्थ ब्यक्तिहरूको लाग्नु बिडम्बना भएको उनले बताए।

कोरोना भाइरसको हालसम्म औषधी पत्ता नलागी सकेको अवस्थामा यस विरूद्ध लड्ने एक मात्र अचुक अश्त्र सामाजिक दुरी राख्ने, लकडाउनको नीतिलाई कार्यान्वयन गर्ने र सबैमा उच्च मनोबल बढाउने नै रहेको शाहीले बताए। विकसित देशहरूले समेत सामाजिक दुरी कायम नराख्दा हेलचेक्याई गरेकै कारण यस्तो भयावह स्थितिको सामाना भोग्नु परिरहेको बताए।

यहि वास्तविकतालाई हृदयंगम गरि भारत लगाएतका देशहरूवाट आएका नागरिकका कारण गाँउगाँउमा त्रास फैलिएको भन्दै प्रदेशका सबै गाउँहरूमा तयार भएका क्वारेन्टाइनमा राख्ने न्युनतम कार्यहरूको व्यवस्था गर्न र समयमा आवश्यक पीपीई लगाएत चिकित्सा र स्वास्थ्य उपकरण, परिक्षण किट, गुणस्तरीय मास्क, सुरक्षा उपकरण उपलब्ध गराउन नसकेकोमा शाहीले असन्तुष्ती ब्यक्त गरे। 

सरकारलाई कोरोना नियन्त्रणका लागि श्रोतको अभाव नभएर ब्यवस्थापनको मात्र अभाव भएको उल्लेख गर्दै कोरोना भाइरस नियन्त्रण कार्यमा सरकारलाई नेपाली कांग्रेसवाट तर्फबाट ११ वटा सुझाव दिएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ