arrow

सत्य निरुपण तथा मेलमिलाप आयोगमा एकै दिनमा ५२ निवेदन दर्ता

logo
गणेश खनाल ।
प्रकाशित २०७३ वैशाख १३ सोमबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम । सत्य निरुपण तथा मेलमिलाप आयोगमा सोमवार मात्रै ५२ वटा निवेदन दर्ता भएका छन्। जिल्लामा सबै भन्दा धेरै क्षति व्यहोरेको खारा गाविसवाट धेरै निवेदन दर्ता भएको स्थानीय शान्ति समितिले बनाएको छ।
 
आगलागी, वेपत्ता, लुटपाट लगाएतका विषयमा निवेदन परेको समितिले बताएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगले ५ गतेदेखि देशभरी एक्कैसाथ निवेदनको आह्वान गरेको थियो। आयोगले निवेदन आह्वान गरेको दिनदेखि हालसम्म ३५ वटा मात्र निवेदन दर्ता भएका थिए। सोमवार मात्रै ५२ जनाले निवेदन दिएका छन् भने पाँच जनाले फाराम लिएका छन्। 
 
तर यी निवेदनहरु अपेक्षा भन्दा कम हुन। जिल्लामा १० हजार भन्दा बढि द्धन्द्धपीडितहरु रहेको स्थानीय शान्ति समितिका सचिव राजु लामिछानेले बताए। झिनो आशा आफुहरुले निवेदन दर्ता गर्न आएको खाराका द्धन्द्धपीडित मोहनलाल केसीले बताए। २०५६ साल फागुन १० गते राज्य पक्षले उहाँका घर सहित ८० घरमा सामुहिक आगो लगाएको थियो। द्धन्द्धको समयमा खाराका २९ जना निर्दोष व्यक्तिले ज्यान गुमाएका थिए। 
 
महत, स्यालापाखा, पिपल लगाएतका गाविस द्धन्द्धवाट वढि प्रभावित भएका गाविसहरु हुन्। सूचनाको कमीले गर्दा पीडितहरु निवेदन दिन आउन ढिलाई गरेको स्थानीय शान्ति समितिका सचिव लामिछानेले बताए। विस्तारै गाउँमा सूचना प्रवाह भैरहेको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ