arrow

जंगलमा लागेको आगो वस्तीमा पस्दा १९ घर गोठ जले

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । पाँचथरको स्याबरुम्बा २ मा सोमबार दिउँसो देखि वनमा लागेको आगो वस्तीमा पस्दा १९ वटा घर र गोठ जलेका छन् ।  आगलागी बाट ७० लाख बढीको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । आगलागीबाट ७ पशु चौपाया जलेर मरेका छन् ।
 
स्थानीय योगेन्द्र बहादुर बोहराको ३ घर, अन्नपात, काठपात, लुगाकपडा, ५ तोला सुन, ८ तोला चाँदी, नगद ७ लाख रुपैँया गोठ भित्र रहेका ७ बाख्रा जलेर नष्ट हुँदा कम्तिमा पनि ४० लाख रुपैया बराबरको क्षति भएको छ ।
 
त्यसैगरी टंक खतिवडाको ३ तले घर, गोठ भित्र रहेको ५ वटा बाख्रा सहित अन्नपात, लत्ताकपडा जलेर नष्ट हुँदा ९ लाख रुपैया बराबरको क्षति भएको हो । सुष्मा बोहराको ३ तले घर पूर्णरुपमा जलेर नष्ट हुँदा ४ लाख रुपैया भवानी खतिवडाको घर जलेर नष्ट हुँदा १ लाख ५० हजार रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 
स्थानीय गंगा बोहराको ढुंगा माटोले घर, अन्नपात, लुगा कपडा र गोठ २ वटा जली नष्ट हुँदा ८ लाख रुपैँया बराबरको क्षति भएको छ । यस्तै, जितेन्द्र बोहराकोे २ तले घर, लत्ताकपडा, अन्नपात, भाडाबर्तन जल्दा १ लाख रुपैया, विमल पौडेलको गोठ जलेर नष्ट हुँदा ३५ हजार रुपैँया, छत्र बहादुर बोहराको ३ तले घर, १ तोला सुन, ४ तोला चाँदी, लुगाकपडा अन्नपात, भडाबर्तन, गोठ समेत जल्दा ३ लाख रुपैया बरावरको क्षति भएको छ ।
 
त्यसैगरी, चन्द्र बहादुर पाण्डे, डम्बर पाण्डे र मान बहादुर पाण्डेको घर, गोठ तथा लुगाकपडा जलेका छन् । जंगलमा अहिले पनि आगलागी भइरहेको र वस्तीमा पस्ने  खतरा नरहेको स्थानीय रमेश थापाले जानकारी दिए । जिल्लाको ओलने, लुम्फाबुङ, अमरपुर र फिदिम ५ को जंगलमा अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ