फिदिम नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लिलाराज तुम्बापोको निधन
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
581
Shares
पाँचथर। फिदिम नगरपालिका ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको आज निधन भएको छ। केहि समय अघिदेखि ब्लड क्यान्सरको समस्याबाट थलिएका तुम्बापो झापाको बीएण्डसी अस्पतालमा निधन भएको हो। तुम्बापो बिरामी परेपछि बिहीबार हेलिकप्टरबाट थप उपचारका लागि उनलाई झापाको बिएण्डसी अस्पताल लगिएको थियो।
उनलाई पछिल्लो एक सातादेखि ब्लड क्यान्सले सताएपछि थलिएका थिए। राष्ट्रिय युवा संघ पाँचथरका सहसंयोजक समेत रहेका युवा नेता तुम्वापो फिदिम ५ चोकमागु गैरिगाउँ भन्ने ठाउँका स्थायी बासिन्दा थिए। वडाध्यक्ष तुम्बापोको निधन भएकै दिन उनकी श्रीमतीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकीछिन्।
बिहान ३ बजेको समयमा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले जानकारी दिइन्। उनको परिवारमा अब दुई छोरीहरु भएका छन्। स्वर्गीय तुम्बापो तत्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।