arrow

मुगुका कांग्रेस सभापति शाही काठमाडौंमा राहत वितरणमा व्यस्त 

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
rahat4.jpg

काठमाडौं। नेपाली कांग्रेस मुगुका सभापति खड्ग बहादुर शाहीले मुगुबाट काठमाडौं आइ अध्ययन तथा अन्य मजदुरी गर्दै आएका विभिन्न व्यक्तिहरुलाई राहत वितरण अभियान नै चलाएका छन्। 

मुगु जिल्लाकालाई मुख्य प्राथमिकतामा राखेपनि कर्णालीका अन्य जिल्लाहरु जुम्ला,हुम्ला सहित बर्दिया,कैलाली,गोरखा,ललितपुर,रामेछाप,पर्सा लगाएतका जिल्लाका ज्यालादारी कामदार र बिद्यार्थीलाई सहयोग गरेको शाहीले बताए। 

शाही सहितको कांग्रेस मुगुको टोलीले काठमाडौँको किर्तिपुरमा २३ परिवारलाई राहत वितरण गरेको छ। २० गते बिहिवार भने शाहीले  राजधानीको दहचोक खहरेमा ३६ परिवारलाई राहत वितरण गरेको जानकारी दिए। 

त्यसैगरि बालकुमारीमा ५५ परिवारलाई पनि कांग्रेस मुगुले सहयोग गरेको छ। राहत कार्यक्रमलाई अझै जारी राख्ने पनि उनले बताए। विभिन्न सहयोगीहरुबाट सहयोग जुटाई तथा व्यक्तिगत समेत गरि राहत वितरण गर्दै आएको उनले बताए। 

शाही यसअघी भुकम्पले विनाश गरेको बेलामा पनि मुगुदेखि भुकम्प प्रभावित जिल्लामा गई राहत वितरणमा सक्रिय भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ