arrow

दुर्जकुमार राई सशस्त्र प्रहरीको महानिरीक्षकमा बढुवा

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
rai-new.jpg.jpeg
काठमाडौं । सरकारले दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले कायममुकायम रहेका  राईलाई महानिरीक्षकमा बढुवा गरेको हो । 
 
यसअघि, सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी ठहर गरेपछि निलम्बन भएसंगै राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिइएको थियो । मन्त्री परिषद्ले संसद अधिवेशन वैशाख २१ गते विहान ११ बजे बोलाउन सिफारिस गरेको छ ।
 
यस्तै, मन्त्रीपपरिषद्ले झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जनाको नागरिकता खारेज गरेको छ । बैठकले महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता खारेज गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ