एजेन्सी । सलमान खानलाई ब्राजीलमा हुने
रियो ओलम्पिक २०१६ को गुडविल एम्बेसडर बाएपछि सृजना भएको बिवादलाई लिएर सलमानका बुबा सलीम खानले कडा प्रतिक्रिया दिएका छन् । सलीम खानले ट्वीट गर्दै मिल्खा सिंहलाई प्रतिक्रिया दिएका हुन् ।
सलीमले भने, 'सलमानले कुनै खेल प्रतियोगितामा भाग लिएको छैन । तर पनि सलमान एउटा राम्रो पौडी, साइकलिस्ट र वेट लिफ्टर हो।' उनले यस बाहेक मिल्खा सिंहलाई अर्को उतर पनि दिए । उनले भने,'ओलपिकको ब्राण्ड एम्बेसडर बलिउडबाट नभएर कुनै खेलाडीनै हुनु पर्थ्यो ।'
सलीमले ट्वीटरमा लेखेका छन्,-'मिल्खा जी यो बलिउड होइन, तर भारतीय फिल्म इन्डस्ट्री हो, जो विश्वको सबैभन्दा ठुलो इन्डस्ट्री हो र यो त्यही इन्डस्ट्री हो जसले तपाईलाई गुमनामीको अध्यारोबाट बाहिर ल्याएको थियो ।'
सलमानलाई ओलम्पिकको ब्राण्ड एम्बेसडर बनाएपछि सबै भन्दा पहिले पहलवान योगेश्वर दत्तले प्रश्न उठाएका थिए । त्यसपछि सलमानलाई मिल्खा सिहले पनि प्रश्न सोधि हाले । तर बक्सर विजेन्दरले सलमानलाई ओलम्पिकको ब्राण्ड एम्बेसडर बनाएकोमा समर्थन जनाए ।